प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि र सीमा सम्बन्धी विषय संवेदनशील विषय भएको बताउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको स्पष्ट पारेका छन् । प्रम देउवाले यसअनुरुप सरकारको कूटनीतिक प्रयास जारी रहेको बताएका हुन् । प्रतिनिधि सभाको बैठकमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न प्रतिबद्ध छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी ने