प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा आदिवासी जनजाति ज्यापु समुदायको ठुलो योगदान रहेको बताएका छन् । १८ औँ ज्यापु दिवस समारोह समितिको परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) हस्तान्तरण गर्न प्रम निवास पुगेका समितिका पदाधिकारीहरूसँगको छलफलमा उनले सो कुरा बताएका हुन् ।निमन्त्रणा दिन पुगेका ज्यापु समुदायलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले विभिन्न समुदायले आफ्नो भाषा, भेष–भूषा, सम्पदा, संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिएका थिए ।