काठमाडौंको मनोहरामा बम फेला

काठमाडौं, १७ फागुन । काठमाडौंको मनोहरामा आज बम फेला परेको छ । मनोहरा करिडोर पेप्सीकोलामा प्रेसर कुकर बम फेला परेको हो । बम निस्क्रिृय बनाउन नेपाली सेनाको टोली घटनास्थलतर्फ गइरहेको जनाइएको छ । सोमबार संघीय संसद भवन अगाडी पनि शंकास्पद वस्तु फेला परेको थियो । तर कुकर भित्र कागज र प्लास्टिक मात्र भेटिएको थियो । […]

सम्बन्धित सामग्री

डडेल्धुरामा जंगलमा बम फेला, डिस्पोजको तयारी

आलिताल गाउँपालिका–१, रतनटुडास्थित चित्रकुट सामुदायिक वनभित्र बम फेला परेको हो ।

नवलपरासीमा बेवारिसे बम फेला

नवलपरासी : पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला परेको छ। बिनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडीगाउँको बारीमा बम फेला परेको हो।बारीमा बेवारिसे अवस्थामा थुप्रै बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए। आफ्ना बाबुनानीले जंगल नजिकै बारीमा ती बमका गोला देखेका सर्दीका स्थानीय बासिन्दा रुकेश तरामुकाले बताए।भारतीय सेनाका पूर्वसैनिक समेत रहेका तरामुका अनुसार ती ८१ एमएम मोटरको बम (गोला) हुन्। साथै ५२ सय मिटर रेन्जका ती बम जमिनमा विस्फोट हुँदा १ सय ८० मिटर वरपरक

कालिकोटको पचालझरनामा बम फेला

कालिकोटको पचालझरना गाउँपालिका–५ को पञ्चकालिका मावि मतदान केन्द्र नजिक बम फेला परेको छ।

सुदूरपश्चिमका ३ जिल्लामा बम फेला

धनगढी :  सुदूरपश्चिमका तीन जिल्लामा बम फेला परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशको कैलाली, अछाम र बझाङमा बम फेला परेका छन्।प्रहरीका अनुसार कैलालीमा नेपाली सेनाको ब्यारेक नजिकै संकास्पद वस्तु (बम) फेला परेको हो। आइतबार जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै बम फेला परेको हो।कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको र अहिले उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जनाइएको छ। आज कैलालीसहित देशभर मतदान भइरहेको छ। निर्वाचन ब

दैलेखमा सकेट बम फेला

दैलेख : दैलेखको आठबिस नगरपालिका–६ रोलमा सकेट फेला परेको छ। आज (आइतबार) दिउँसो २ तिर बजे उक्त बम फेला परेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए।स्थानीय बासिन्दाले बारी खनजोत गर्ने क्रममा सकेट बम फेला परेको जानकारी दिएपछि बम भेटिएको स्थलमा नेपाली नेपाली सेना, नेपाल प्रहरीसहितको टोली पुगेर बमलाई डिस्पोजल गरिएको प्रहरी प्रमुख शाहले बताए।द्वन्द्वका वेला उक्त ठाउँमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीको ब्यारेक बसेको थियो। तत्कालीन समयमा जमिनमुनि लुकाइएको बम अह

दैलेखमा सकेट बम फेला

दैलेख, २५ बैशाख । दैलेखको आठबीस नगरपालिकामा सकेट बम फेला परेको छ । बम भेटिएपछि नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको छ । त्यस्तै, सेनाको बम डिस्पोजल टोली पनि पुगेर बम निस्क्रिय गर्न प्रयास गरिरहेको छ। बारीमा खनजोतको क्रममा उक्त बम भेटिएको जनाइएको छ । बम धेरै पुरानो भएको हुनसक्ने अनुमान गरिएको छ ।

इटहरीमा ग्रिनेड बम फेला

सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित ग्राइभेल सडक सम्याउने क्रममा शनिबार बम फेला परेको छ । इटहरी–२ स्थित राजदेवी टोलको पेङदोर्जी मार्ग ग्राभेल गर्ने क्रममा ग्रिनेड बम फेला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।बाटो मर्मत गर्ने क्रममा बम जस्तो सामग्री देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । फेला परेको ग्रिनेड बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको सुनसरीका प्रहरी उपरीक्षक थापाले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी

इटहरीमा ग्रिनेट बम फेला

इटहरी । इटहरीमा ग्राभेल सडक सम्याउँदा बम फेला परेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक गणेश भट्टराईले इटहरी २ अन्नपूर्ण मार्गमा सडक सम्याउने क्रममा शनिबार ग्रिनेट बम फेला परेको पुष्टि गरे । ‘अन्नपूर्ण मार्गमा गिटी लेआउट गरिएको रहेछ, त्यहाँ बमजस्तो केही कुरा देखिएपछि स्थानीहरुले प्रहरीलाई खबर गरेका थिए,’ फोन सम्पर्कमा भट्टराईले भने, ‘बिहान […] The post इटहरीमा ग्रिनेट बम फेला appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

तुलसीपुरको टरिगाउँ एयरपोर्टभित्र बम फेला, सेनाद्वारा डिस्पोज

तुलसीपुरको टरिगाउँ एयरपोर्ट भित्र बम फेला परेको छ । इलाका प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालका अनुसार तुलसीपुर १२ टरिगाउँमा रहेको एयरपोर्ट भित्र बुधवार दिउँसो दुई बजेतिर बम फेला परेको हो । एयरपोर्टमा झाडी सफाई गर्ने क्रममा ग्रिनेड बम भेटिएको बताइएको छ । उक्त बमलाई १९ नम्वर बाहिनी तुलसीपुरबाट नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । यस घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ओखलढुङ्गामा पाइप बम फेला

ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए । बम भेटिएको खबर आएपछि प्रहरी चौकी रावादोलुबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेर प्लास्टिकले बेरेको अवस्थामा पाइप बम एक थान र अन्य दुई थान शङ्कास्पद वस्तु पहिचान गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दि