इटहरीमा ग्रिनेड बम फेला

सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित ग्राइभेल सडक सम्याउने क्रममा शनिबार बम फेला परेको छ । इटहरी–२ स्थित राजदेवी टोलको पेङदोर्जी मार्ग ग्राभेल गर्ने क्रममा ग्रिनेड बम फेला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।बाटो मर्मत गर्ने क्रममा बम जस्तो सामग्री देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । फेला परेको ग्रिनेड बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको सुनसरीका प्रहरी उपरीक्षक थापाले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी

सम्बन्धित सामग्री

सेउती खोलाबाट ल्याइएको गिट्टीमा बम भेटियो

इटहरीमा फेला परेको ग्रिनेड बम नेपाली सेनाले निष्कृय पारेको छ। इटहरी उपमहानगरपालिका-२ स्थित अन्नपूर्ण मार्गमा बम फेला परेको थियो।

इटहरीमा बालबालिकाले फेला पारे ग्रिनेड बम, गरियो डिस्पोज

इटहरी उपमहानगरपालिका–२ स्थित अन्नपूर्ण मार्गमा ग्रिनेड बम फेला परेको छ । शनिबार बिहान एक बालकले बम फेला पारेका थिए । अन्नपूर्ण मार्गको सडक निर्माणको क्रममा निर्माण सामाग्री राखिएकै ठाउँमा बम फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।  बालबालिकाले शंकास्पद वस्तु फेला पारेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय इटहरीलाई खबर गरेका थिए ।  घटनास्थलमा पुगेको प्रहरीले इटहरीस्थित नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरेको थियो ।  बम डिस्पोजलको टोली आएर जाँच गरेपछि उक्त शंकास्पद वस्तु ग्रि...

तुलसीपुरको टरिगाउँ एयरपोर्टभित्र बम फेला, सेनाद्वारा डिस्पोज

तुलसीपुरको टरिगाउँ एयरपोर्ट भित्र बम फेला परेको छ । इलाका प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालका अनुसार तुलसीपुर १२ टरिगाउँमा रहेको एयरपोर्ट भित्र बुधवार दिउँसो दुई बजेतिर बम फेला परेको हो । एयरपोर्टमा झाडी सफाई गर्ने क्रममा ग्रिनेड बम भेटिएको बताइएको छ । उक्त बमलाई १९ नम्वर बाहिनी तुलसीपुरबाट नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । यस घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

कावासोतीको खेतमा बम फेला

पूर्वी नवलपरासीको कावासोतीस्थित खेतमा ग्रिनेड बम फेला परेको छ । कावासोती नगरपालिका वडा नम्बर १४ को पत्थर खोलामा बाँध बाँध्न स्याउला काट्ने क्रममा बम भेटिएको हो ।

गोदावरीमा घरको छतमाथि ग्रिनेड बम फेला, सेनाले गर्‍यो निष्क्रिय

ललितपुरको गोदावरी नगरापलिका–५ स्थित एक घरमा शक्तिशाली ग्रिनेड बम फेला परेको छ। सोमबार बिहान स्थानीय शुकराम मिजारको घरको छतमा ग्रिनेट बम भेटिएको हो।