तुलसीपुरको टरिगाउँ एयरपोर्टभित्र बम फेला, सेनाद्वारा डिस्पोज

तुलसीपुरको टरिगाउँ एयरपोर्ट भित्र बम फेला परेको छ । इलाका प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालका अनुसार तुलसीपुर १२ टरिगाउँमा रहेको एयरपोर्ट भित्र बुधवार दिउँसो दुई बजेतिर बम फेला परेको हो । एयरपोर्टमा झाडी सफाई गर्ने क्रममा ग्रिनेड बम भेटिएको बताइएको छ । उक्त बमलाई १९ नम्वर बाहिनी तुलसीपुरबाट नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । यस घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।