धनगढी : सुदूरपश्चिमका तीन जिल्लामा बम फेला परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशको कैलाली, अछाम र बझाङमा बम फेला परेका छन्।प्रहरीका अनुसार कैलालीमा नेपाली सेनाको ब्यारेक नजिकै संकास्पद वस्तु (बम) फेला परेको हो। आइतबार जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै बम फेला परेको हो।कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको र अहिले उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जनाइएको छ। आज कैलालीसहित देशभर मतदान भइरहेको छ। निर्वाचन ब