दैलेख : दैलेखको आठबिस नगरपालिका–६ रोलमा सकेट फेला परेको छ। आज (आइतबार) दिउँसो २ तिर बजे उक्त बम फेला परेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए।स्थानीय बासिन्दाले बारी खनजोत गर्ने क्रममा सकेट बम फेला परेको जानकारी दिएपछि बम भेटिएको स्थलमा नेपाली नेपाली सेना, नेपाल प्रहरीसहितको टोली पुगेर बमलाई डिस्पोजल गरिएको प्रहरी प्रमुख शाहले बताए।द्वन्द्वका वेला उक्त ठाउँमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीको ब्यारेक बसेको थियो। तत्कालीन समयमा जमिनमुनि लुकाइएको बम अह