काठमाडौं : भारतको पूर्वी राज्य सिक्किममा दयाहाङ राईको चलचित्र ‘कबड्डी ४’ प्रदर्शन गर्न नपाइने भएको छ।सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यभर चलचित्र प्रदर्शन गर्न नपाइने बताएका हुन्। तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्याल राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको बताएका हुन्।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्श