नेपालमा अत्यधिक सफलता प्राप्त गरेको नेपाली चलचित्र ए मेरो हजुर ४ प्रथम प्रदर्शन डिसी क्षेत्रको भर्जिनियामा पनि हुने भएको छ । नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) ले उक्त चलचित्रको प्रदर्शन गर्ने भएको हो । उक्त चलचित्रको समन्वय न्याककी बिना खड्का लामाले गरिरहेकी छन् । चलचित्र भर्जिनिया राज्यको फेयरफ्याक्स स्थित सिनेमा आर्ट्स थेटर नामक चलचित्र मन्दिरमा हुने भएको छ । चलचित्र हेर्न २० डलर शुल्क राखिएको छ । चलचित्र प्रदर्शनको समन्वय गरिरहेकी बिना खड्का लामाले नेपाली चलचित्रलाई माया गर्न