खोटाङ । ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको ठेक्का सम्झौता रद्द गरिएको छ । प्रशासनिक भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले नक्कली रिपोर्ट बनाएर बुझाएपछि गाउँपालिकाले ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको हो । ललितपुरस्थित गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौताअनुसारको गुणस्तर कायम नगरेको’ औँल्याए पनि ठेकेदार कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एन्ड बैभव […]