ताप्लेजुङ – ताप्लेजुङका नौ वटा पालिकामध्ये दुई वटाले मात्रै आफ्नो प्रशासनिक भवन निर्माण सम्पन्न गरेका छन् । सदरमुकाम समेत रहेको फुङ्लिङ नगरपालिकाले सात करोड ६६ लाख रुपैयाँ लागतमा २४ कोठे भवन निर्माण गरेको छ ।
यस्तै सिरिजङ्घा गाउँपालिकाले पाँच करोड ९४ लाख रुपैयाँको लागतमा प्रशासकीय भवन निर्माण सम्पन्न गरेर सेवा प्रवाह सुरु गरेको छ । बाँकी सातवटा पालिकाले आफ्नो प्रशासनिक भवन बनाउन सकेको छैनन् । पाथीभरा याङ्वरक, मेरिङ्देन र फक्ताङ्लुङ गाउँपालिले भवन निर्माण गर्न सुरु गरेको बताएका छन् । यस्तै, आ...