प्रशासनिक भवन निर्माण गर्दै स्थानीय तह

बागलुङ । बागलुङका अधिकांश स्थानीय तहले आफ्नो प्रशासनिक भवन निर्माण गर्न थालेका छन् । चार बर्षसम्म भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएका स्थानीय तहले निर्वाचन भएको अन्तिम कार्यकालमा प्रशासनिक भवन तयार गर्न थालेका हुन । बागलुङको ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिकाको प्रशासनिक भवन निर्माणधिन अवस्थामा छन् । बागलुङ नगरपालिका र तमानखोला गाउँपालिका आफ्नै भवनबाट […] The post प्रशासनिक भवन निर्माण गर्दै स्थानीय तह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

पक्की पदमार्ग निर्माण

बागलुङ । बागलुङ नगरपालिकाले पक्की पदमार्ग निर्माण गरेको छ । नगरपालिकाले वडा नं ८ सिगाना बेँशीदेखि वडा कार्यालय पुग्नेगरी पक्की पदमार्ग निर्माण गरेकोे हो । पालिकाले चालु आर्थिक वर्षमा उक्त पदमार्ग योजनाअन्तर्गत रू. १० लाख विनियोजन गरेको शहीद टंक खड्का पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन जिसीले जानकारी दिए । ‘पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ,’ उनले भने । पदमार्गमा आवश्यकता अनुसार रेलिङसमेत हालिने उनले बताए । नगरपालिकाका उपप्रमुख राजु खड्काले शहीदका परिवारले शहीदका नाममा स्मरणयोग्य काम नभएको गुनासो गरेपछि रकम विनियोजन गरेर पदमार्ग निर्माण गरिएको बताए । यता, जिल्लाकै बडिगाड गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । उक्त भवन निर्माण सम्पन्नपश्चात् हस्तान्तरणको तयारीमा पुगेको छ । स्थानीय तह स्थापनाको छ वर्षमा बडिगाड गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको हो । एक वर्षअघि ताराखोला गाउँपालिकाले सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरेको थियो । दश स्थानीय तह रहेको बागलुङमा बडिगाड र ताराखोला गाउँपालिकाले मात्रै हालसम्म प्रशासनिक भवन निर्माण गरेका छन् । तीनतले भवनबाट पालिकाले प्रदान गर्ने सेवा तथा आवश्यक शाखा सञ्चालनका लागि सहज हुने बडिगाड गाउँपालिकाले बताएको छ । अठार महीनामा निर्माण सम्पन्न गर्नेगरी रू. पाँच करोड २२ लाखमा २०७७ जेठ १६ गते माउन्टेन कवीन्द्र जेभीसँग निर्माण सम्झौता भएको थियो । कोरोनाका कारण सम्झौताभन्दा एक वर्षपछि निर्माण सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि उपेन्द्र अर्यालले बताए । रासस

ठडिँदै माछापुच्छ्रे गाउँपालिकाको‘सिँहदरबार’

कास्की- कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ । स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा गाउँपालिकाको ‘सिँहदरबार’तयार हुने भएको छ । पाँच स्थानीय तह रहेको जिल्लामा माछापुच्छ्रेको मात्र प्रशासनिक भवन निर्माण भइरहेको हो । कतै भवन निर्माणका लागि जमिन अभाव त कतै केन्द्रको विवाद टुङ्गो लाग्न नसक्दा स्थानीय तह गठन भएर […]

ठडिँदै माछापुच्छ्रेको ‘सिँहदरबार’

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ । स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा गाउँपालिकाको ‘सिँहदरबार’तयार हुने भएको छ ।पाँच स्थानीय तह रहेको जिल्लामा माछापुच्छ्रेको मात्र प्रशासनिक भवन निर्माण भइरहेको हो ।

तीन वर्षभित्र सबै स्थानीय तहको आफ्नै भवन : दुई अर्ब ७० करोड रुपियाँ लाग्ने

अबको तीन वर्षभित्र सबै स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माण हुने भएको छ । सम्बन्धित स्थानीय तह र सङ्घीय सरकारको लागत साझेदारीमा स्थानीय तहको प्रशासनिक भवन निर्माण हुन लागेका हुन् । कुल ७५३ स्थानीय तहमध्ये पुराना केही स्थानीय तहबाहेक अधिकांश स्थानीय तहका प्रशासनिक भवन छैनन् ।सरकारले सबै स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माण गरिसक्ने गरी काम धमाधम अगाडि बढाइरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ । विभागका प्रवक्ता अशोककुमार साहले