भूमिहीनलाई चुनाव अगाडि नै लालपूर्जा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिहीन सुकुम्बासीहरुलाई चुनाव अगाडि लालपूर्जा वितरण गर्ने दाबी गरेका छन् ।

सम्बन्धित सामग्री

लालपूर्जा पाउँदाको खुसी…

तनहुँ –तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोला निवासी सविना गुरुङलाई लालपूर्जा पाउँछु भन्ने कमै विश्वास थियो । यसअघि पनि विभिन्न सरकारको पालामा भूमि आयोग गठन भएर काम अगाडी बढेपनि त्यसले सार्थक रुप नपाउँदा उनलाई लालपूर्जा पाइन्छ होला र भन्ने लागेको थियो । तर आज हातमै लालपूर्जा पाएपछि उनमा खुसीको सीमा रहेन । “वर्षौदेखि भूमिहिन सुकुम्बासीको रुपमा रहनुपर्दा […]

बाँकेका सुकुम्बासीले पाएनन् लालपूर्जा

काठमाडौं । बाँकेका भूमिहीन दलित सुकुम्बासीहरुले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका छन् । बाँकेका भूमिहीन, दलित सुकुम्वासी र अव्यवस्थित बसोवास गर्ने करिव ५७ हजार सुकुम्वासीहरुले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका हुन् । वन ऐनको कारण राष्ट्रिय भूमि आयोगले भूमीहीन,दलित सुकुम्वासी र अव्यवस्थित सुकुम्बासीहरूलाई जग्गाको लालपूर्जा वितरण गर्न ढिलाई भएको जनाएको छ । जग्गा […]

एक वर्ष नपुग्दै ४९ हजारलाई लालपूर्जा दियौं : मन्त्री श्रेष्ठ

२८ भदौ, विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले एक वर्षमा ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरेको बताएकी छन् । मोरङको कानेपोखरी गाउँपालिका– ६ मा आयोजित लालपूर्जा वितरण कार्यक्रममा उनले गत वर्षको कात्तिकयता ४९ हजारलाई लालपूर्जा वितरण गरेको बताएकी छन् । उनले लालपूर्जा वितरणको काम कुनै पनि […]

पोखरामा ३९ भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण

कास्कीको पोखरामा आइतबार ३९ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १४, १९, २८ र ३१ का गरेर ३९ भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण गरिएको हो । सो क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले अलिहेको सरकारले राष्ट्रिय भूमिआयोग मार्फत वितरण भइरहेको लालपूर्जा खारेज नहुनेमा ढुक्क हुन आग्रह गरिन् । उनले सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर भूमिहिन सकुम्वासीलाई लालपूर्जा वितरण गरिएको र यो अभियान निरन्तर जारी

कास्कीमा भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने

कास्कीमा भदौ दोश्रा सातादेखि भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने भएको छ। भूमि आयोग कास्कीले भदौ १३ गतेबाट भूमिहीन र सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको हो।...

तनहुँमा एक सय एक परिवारलाई लालपूर्जा वितरण

तनहुँ – जिल्ला नापी कार्यालय तनहुँले ऋषिङ–४ भिरकोटका एक सय एक परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपूर्जा वितरण गरेको छ । साविकको भिरकोट गाविसअन्तर्गत १७ गाउँ ब्लकमा नापी सम्पन्न भएपछि ती परिवारलाई लालपूर्जा वितरण गरिएको हो । गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । ऋषिङ […]

नापी कार्यालय तनहुँद्वारा सय एक परिवारलाई लालपूर्जा वितरण

नापी कार्यालय तनहुँले ऋषिङ–४ भिरकोटका एक सय एक परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपूर्जा वितरण गरेको छ । साविकको भिरकोट गाउँ विकास समितिअन्तर्गत १७ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले उक्त परिवारलाई लालपूर्जा वितरण गरेको हो । गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।     ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नापी कार्यालय प्रमुख आचार्यले संयुक्त रुपमा सर्वसाधारणला

सिलिचोङका पहिरोपीडित २५ परिवारलाई लालपूर्जा हस्तान्तरण

संखुवासभा : पहिरोबाट विस्थापित सिलिचोङ गाउँपालिका–१ बेसिन्दा २५ परिवारलाई लालपूर्जा हस्तान्तरण गरिएको छ। गाउँपालिकाले चित्रेमा जग्गा खरिद गरी त्यसको लालपूर्जा प्रदान गरिएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए।२०७७ असार २७ गते राति पहिरो जाँदा बेसिन्दा र चेप्चेवाका ९२ घरपरिवार विस्थापित भएका थिए। तीमध्ये बेसिन्दाका २५ परिवारलाई लालपूर्जा वितरण गरिएको अध्यक्ष कुलुङले बताए। पहिरोबाट विस्थापित अन्यलाई पनि जग्गा खरिद गरी हस्तान्तरणको प्रक्रिया अघि बढाएको उनको भनाइ छ।जिल्ला विपत व्य

मन्त्री श्रेष्ठद्वारा लालपूर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुनसरीको भोटेकोशी गाउँपालिकामा रहेको गाउँब्लकका २८ घर परिवारलाई लालपुर्जा वितरण गरेकी छन् । मन्त्री श्रेष्ठले शुक्रबार ती घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन् ।लालपूर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अब जिल्लाका सबै गाउँब्लकमा लालपूर्जा वितरण प्रक्रिया अघि बढाइने बताइन् । मन्त्री श्रेष्ठले गाउँब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियानमा भूमि भएर पनि भूमि विहिन बनिरहेकाहरु कोही पनि छुट्न नहुनेमा जोड  दिइन् ।&

मुक्त कमैयाको पीडा : लालपूर्जा छ, जग्गा छैन

मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा भने छैन । हातमा भएको लालपूर्जाबमोजिमको जग्गाको पहिचान अहिलेसम्म हुन नसक्दा पूर्वकमैया अन्योलमा छन् ।