भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुनसरीको भोटेकोशी गाउँपालिकामा रहेको गाउँब्लकका २८ घर परिवारलाई लालपुर्जा वितरण गरेकी छन् । मन्त्री श्रेष्ठले शुक्रबार ती घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन् ।लालपूर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अब जिल्लाका सबै गाउँब्लकमा लालपूर्जा वितरण प्रक्रिया अघि बढाइने बताइन् । मन्त्री श्रेष्ठले गाउँब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियानमा भूमि भएर पनि भूमि विहिन बनिरहेकाहरु कोही पनि छुट्न नहुनेमा जोड दिइन् ।&