नापी कार्यालय तनहुँद्वारा सय एक परिवारलाई लालपूर्जा वितरण

नापी कार्यालय तनहुँले ऋषिङ–४ भिरकोटका एक सय एक परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपूर्जा वितरण गरेको छ । साविकको भिरकोट गाउँ विकास समितिअन्तर्गत १७ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले उक्त परिवारलाई लालपूर्जा वितरण गरेको हो । गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।     ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नापी कार्यालय प्रमुख आचार्यले संयुक्त रुपमा सर्वसाधारणला