मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा भने छैन । हातमा भएको लालपूर्जाबमोजिमको जग्गाको पहिचान अहिलेसम्म हुन नसक्दा पूर्वकमैया अन्योलमा छन् ।
दाङ : सरकारले कमैया मुक्त भनेर २०५७ साल साउन २ गते घोषणा गर्याे । कमलहरी मुक्त घोषणा २०७० असार १३ गते गर्याे । कमैया मुक्त घोषणा भएको २३ वर्ष हुँदा पनि राज्यले अहिलेसम्म आफूहरूलाई नहेरेको उनीहरूको गुनासो छ । दाङको घोराही उपमहानगरपालिका १६ की सुभागी चौधरी मुक्त कमैया हुन् । कमैया मुक्त भएपछि २०६३ सालमा ५ कठ्ठा जग्गा पाइन् । तर, त्यो जग्गा कहाँ छ, अहिलेसम्म थाहा नै छैन । आफूले जग्गा पाएको लालपूर्जा हेर्नेबाहेक अरु केही विकल्प उनीसँग छैन।उनले भनिन्,‘ मैले २०६३