बजेटबाट निजी क्षेत्र उत्साहित छ : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी आर्थिक वर्षको बजेट सकरात्मक आएको बताएका छन् । उनले बजेटपछि प्रतिक्रिया दिँदै सरकराले स्वागतयोग्य बजेट ल्याएको बताए ।उनले साना र मझौला उद्योगी व्यवसायीलाई विना धितो कर्जा दिने व्यवस्था उत्कृष्ट भएको बताए । यस्तै, स्टार्टअपलाई सहुलियत दिने व्यवस्था समेत स्वागतयोग्य भएको गोल्छाले बताए ।यसका साथै, स्टिल, सिमेन्ट र फुटवेयरमा निर्यात गर्दा ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्थाले नेपालको निर्यातलाई सुधार्ने गोल्छाको भनाइ छ । 

सम्बन्धित सामग्री

निजी क्षेत्र हालसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेको छ: उद्योग वाणिज्य महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रमा आन्तरिक र वाह्य कारणले बहुआयामिक प्रभाव परिरहेको हुँदा तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व, वाह्य क्षेत्र व्यवस्थापन एवं मुल्य स्थिरताका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. निलम ढुंगानासहितका उच्च अधिकारीहरूलाई भेटेर उक्त आग्रह गरेको […]

विदेशी मुद्रा आर्जन बढाउनेतर्फ पहल गरौँ : शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकार राजस्वमुखी हुँदा आर्थिक क्षेत्र सधैँ दबाबमा पर्ने गरेको बताएका छन् । बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको कार्यक्रममा अर्थतन्त्रको सबैभन्दा ठूलो स्टेकहोल्डर निजी क्षेत्र भएको भन्दै उनले निजी क्षेत्र समस्या समाधानका लागि सरकारसँग मिलेर काम गर्न चाहेको बताए । उनले...

उद्योग वाणिज्य महासंघका अध्यक्ष र फ्रेन्च राजदूत बीच भेटवार्ता

पुस १, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सेली राजदूत जिल बुर्बाओ बीच बिहीवार महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।  सो अवसरमा आपसी आर्थिक व्यापारिक सम्बन्ध विस्तार, कृषि, पर्यटन, नविकरणीय उर्जा लगायतका क्षेत्रमा संयुक्त लगानी विस्तारमा छलफल भएको थियो ।  सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले कोभिडले कमजोर बनेको नेपालको अर्थतन्त्रलाई माथि उठाउन वाह्य सहयोगको आवश्यकता रहेकोमा जोड दिएका थिए । उनले कोरोना महामारी शुरु भएको दुई वर्षमा नेपाली अर्थतन्त्रले निकै धेरै चुुनौतीको सामना गर्नु परेको पनि बताए ।  सरकारको सहयोग र निजी क्षेत्रको धैर्यतापूर्वक काम गर्ने शैलीका कारण नेपालको अर्थतन्त्र ठूलो दूर्घटनाबाट जोगिएको भन्दै उनले अझै खतरा भने टरि नसेककाले अर्थतन्त्रका आधारहरू बलियो बनाउने कार्यमा निजी क्षेत्र लागेको बताए । नेपालमा फ्रेन्च लगानीका लागि सहयोग गर्न पनि उनले सो अवसरमा आग्रह गरे । सोही अवसरमा राजदूत जिल बुर्बाओले महासंघले अगाडी सारेका सहकार्यका प्रस्तावमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नविकरणीय उर्जा, कृषिको उत्पादकत्व वृद्धि, पर्यटन, विद्युतीय सवारी साधनलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने बताए ।  भेटवार्तामा महासंघका उपमहानिर्देशक गोकर्णराज अवस्थी, फ्रान्सेली राजदूूतावासका चार्ज डि मिसन दिपेश कुमार बिडारी, महासंघका उपनिर्देशकद्वय अरुण श्रेष्ठ र विदुरचन्द्र लामिछानेको पनि सहभागिता रहेको थियो ।

मौद्रिक नीतिको समिक्षाबाट निजि क्षेत्र निराश:- शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा व्यवस्था गरेको नीतिले निजी क्षेत्र निराश भएको बताएका छन् ।सोमबार मौद्रिक नीतिको समिक्षाको विषयमा प्रतिक्रिया दिँदै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।मुलुकको अर्थतन्त्रलाई गतिशिल बनाउनको लागि नीजि क्षेत्र चूनौती सामना गरेर अगाडी बढेको छ । मौद्रिक नीतिको समिक्षापछि नीजि क्षेत्र अझ नो रिक्स,नो गेन भनेर नै जोखिम

निजी क्षेत्र र राजनीतिक दलहरुबीच सहकार्य आवश्यक : महासंघ

राष्ट्रिय आर्थिक रुपान्तरण भिजन पेपरलाई प्रभावकारी कार्यान्वयनमा लैजाने भनद्यै नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलहरूसँगको छलफललाई अगाडि बढाएको छ । सो क्रममा महासंघले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूसँग मंगलबार छलफल गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरू कमल थापा, पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, […]

आकस्मिक टेलिफोन नम्बरसहितको एम्बुलेन्स

उपत्यकामा एकैपटक १० नयाँ एम्बुलेन्स सञ्चालनमा आउने भएका छन् । सामुदायिक एम्बुलेन्सलाई नेपाल एम्बुलेन्स सेवाले सञ्चालन गर्न लागेको हो । एम्बुलेन्सको निःशुल्क आकस्मिक टेलिफोन नम्बर १०२ हुनेछ । निजी क्षेत्र र सामुदायिक सक्रियतामा स्थापित एम्बुलेन्सको उपत्यकामा १० मुख्य स्थानबाट सेवा सुरु हुनेछ । निःशुल्क टेलिफोन नम्बरसहितको एम्बुलेन्स सेवा नेपालको पहिलो हो । एम्बुलेन्सहरूमा बीएलएस अर्थात् आधारभूत जीवन रक्षाको सुविधा रहनेछ । आकस्मिक चिकित्सा प्राविधिक पारामेडिकसहितका एम्बुलेन्सहरूले प्रिहस्पिटल केयरका रूपमा काम गर्नेछन् । ‘सेवा अक्टोबरभित्र सञ्चालनमा ल्याइसक्नेछौं’ सेवाका बोर्ड निर्देशक तथा प्रिज्मा एडभरटाइजिङका अधिकृत रञ्जित आचार्यले भने । स्टानफोर्ड युनिभिर्सिटी मेडिकल स्कुलसँगको प्राविधिक सहकार्यमा एम्बुलेन्स सञ्चालन गर्न लागिएको आचार्यले बताए । व्यक्तिगत र संस्थागत सहयोगमा एम्बुलेन्स खरिद हुनेछन् निर्देशक आचार्यले भने, ‘दसमध्ये नौ एम्बुलेन्स किनिदिने दाता भेट्टाइुसकेका छौं ।’ उनका अनुसार ओम राजभण्डारी, पवन अग्रवाल, शेखर गोल्छा, मीनबहादुर गुरुङ, डा. सुरज शाक्य, अन्नपूर्ण ट्राभल्स, एस डेभलेपमेन्ट बैंक र बोटलर्स नेपालले एकएक वटा एम्बुलेन्स सहयोग गर्ने भएका छन् ।   वर्ष ५, अंक ४१, २०६७, जेठ ३१–असार ६