उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छा र बंगलादेशका राजदूत सलाहुद्दिन बीच भेटवार्ता

असोज १५, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरी बीच महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।  भौगोलिक दूरीका हिसाबले जम्मा २७ किलोमिटर टाढा रहेको दुई मुलुकको व्यापरिक सम्बन्ध आशातित रुपमा बलियो हुन नसकेको विषयमा छलफल गर्दै आगामी दिनमा यसलाई सुदृढ बनाउन दुवै पक्ष प्रतिबद्ध रहेको सो अवसरमा बताइएको छ ।  नेपालको कुल व्यापारमा दक्षिण एशियामा बंगलादेश दोस्रो ठूलो व्यापार साझेदार रहेको तथ्यांकले देखाउँछ । तर पनि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार पछिल्लो आर्थिक वर्षमा नेपालले जम्मा ५ दशमलव ७ मिलियन डलर बराबर निर्यात र बंगलादेशबाट ९० दशमलव ६ मिलियन डलर बराबरको आयात गरेको थियो । यसरी हेर्दा दुवै मुलुक बीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले व्यहोर्दै आएको छ ।  नेपालले हाल मुसुरो दाल, खाद्य प्रिपरेशन, गहुँको चोकर, रंगरोगनका सामग्री, वनस्पति तथा वनस्पतिजन्य वस्तुहरु लगायतका सामग्रीहरु निर्यात गर्दै आएको छ भने जुट, औषधि, विद्युतीय सामानहरु आयात गर्दछ । २०७८ असारसम्म नेपालमा कृषि तथा वनमा आधारित, उर्जा, आईटी, उत्पादनमुलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी ७४ ओटा संयुक्त लगानीका परियोजनाहरू रहेका छन् ।  व्यापार घाटा कम गर्न तथा आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न उर्जा, पर्यटन जस्ता क्षेत्रहरूमा सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा उनीहरूको जोड थियो ।  सो अवसरमा राजदूत सलाहुद्दिन नोमन चौधरीको महासंघ सचिवालयमा स्वागत गर्दै महासंघका अध्यक्ष गोल्छाले बंगलादेश कम विकसित मुलुकबाट स्तरोन्नतिको प्रकृयामा रहेकोले सो सम्बन्धी अनुभव नेपालको लागि उपयोगी हुुने बताए ।  बंगलादेशले छोटो समयमा गरेको आर्थिक विकासको अध्ययन गर्न नेपाली व्यवसायीहरुको टोली स्थलमार्गबाटै भ्रमण गर्ने योजना रहेको बताउँदै अध्यक्ष गोल्छाले बंगलादेशसँग आर्थिक सम्बन्ध मजवुद बनाउन नेपाली निजी क्षेत्र लालायित रहेकाले आर्थिक कुटनीतिमार्फत सहयोग गर्न आग्रह गरे । साथै उनले व्यापार घाटालाई कम गर्न नेपालबाट उर्जा निर्यात बलियो स्रोत हुने बताए । भेटमा राजदूतले द्वीपक्षीय व्यापार बढ्न नसकेकोले यसलाई गम्भीरतापुर्वक लिई सम्भावनाका पाटाहरु खोज्नुपर्ने बताए । उनले द्वीपक्षीय लगानी सम्झौता हुनुपर्नेमा जोड दिए । स्थलमार्गका साथसाथै हवाई मार्गबाट पनि नेपालको विराटनगर विमानस्थल र बंगलादेशको विमानस्थल बीच सिधा हवाइसेवा संचालन गर्न सकिने सम्भावना औल्याए ।  साथै उनले आफ्नोेतर्फबाट आपसी आर्थिक सम्बन्ध विस्तारका हरेक प्रयास र दुवै देशका निजी क्षेत्र बीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा राजदूतावासको सदैव सहयोग रहने विश्वास दिलाए ।

सम्बन्धित सामग्री

राज्यको ढुकुटीको रकम खर्च गर्न नसक्दा आर्थिक संकट आयो : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राज्यको ढुकुटीमा रहेको रकम खर्च गर्न नसक्दा देशको अर्थव्यवस्था संकटमा परेको बताएका छन् । अहिले देशको अर्थतन्त्रमा गम्भीर समस्यामा आइपरेकोले समयमै समाधान नखोजिए मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा जानसक्ने संभावना औंल्याए ।नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको तेस्रो साधारणसभाको उद्घाटन समारोहलाई बुधबार जनकपुरमा सम्बोधन गर्दै अध्यक्ष गोल्छाले कोरोना महामारीले […]

महिला उद्यमशिलतालाई प्राक्टिकल्ली बनाऔं : उद्योग वाणिज्य महासंघ अध्यक्ष गोल्छा

काठमाडौं  । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महिला उद्यमशिलताको बिषयलाई प्राक्टिकल्ली(व्यवहारिक) रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।  न्यू बिजनेश एज प्रालिको आयोजनामा शुक्रवार काठमाडौंमा आयोजित  ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२२’ को अन्तिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  महिला उद्यमशिलताको बिषय गम्भिर भएको पनि उनले बताए । तर, यो सैद्धान्तिक रुपमा भन्न सहज भएपनि गर्न भने चुनौतीपूर्ण भएको उनको भनाइ छ ।  त्यो अवस्थामा महिला उद्यमशिलताको सवाल  सैद्धान्तिक रुपमा मात्र नभएर प्राक्टिकल्ली नै अगाडि बढाउनुपर्ने उनको भनाइ छ । १ करोड रुपैयाँसम्मको परियोजनाका लागि सीमित धितो राखेर, विकास निकाय र बीमा संस्थाहरुमाझ धितोको जोखिम बाँडफाँड गरेर महिलाहरुलाई प्रोत्साहन गर्न सकिने उनको धारणा छ । यस्तो गर्न सकेमा प्याराडाइम शिफ्ट आउने उनले बताए । गोल्छाका अनुसार महिला उद्यमशिलता बढाउन महासंघमा विशेष समिति बनाएको र समितिले काम पनि गरिरहेको छ । तर कोभिडको महामारीले गर्दा पछिल्लो २ वर्षयता सबैको लागि कठिन समय देखिएको भए पनि महिलाहरुले घरेलु हिंसा लगायतअनेक समस्याहरु भोग्नु परेको उनले बताए । पछिल्लो समय अवस्थामा केही सुधार आएको भएपनिगर्न पर्ने कुराहरु धेरै नै बाँकी रहेको कुरामा उनले जोड दिए ।

औद्योगिक वातावरण निर्माणका लागि सरकार गम्भीर बन्नुपर्छ : अध्यक्ष गोल्छा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५६ औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न हिच्किचाएको बताउनुभयो ।

महासंघका अध्यक्ष गोल्छा र फ्रान्सेली राजदूतबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सेली राजदूत जिल बुर्बाओबीच आज महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।

उग्रराष्ट्रवादको भाषण गरेर एमसीसी फिर्ता पठाउन हुँदैन : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले मिलेनियम च्यालेन्ज (एमसीसी) फिर्ता पठाउन नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै गोल्छाले उग्रराष्ट्रवादको भाषण गरेर एमसीसी फिर्ता पठाउन नहुने बताएका हुन् ।‘मलाई मेरा साथीहरूले किन एमसीसीको यति धेरै समर्थन गरेको भन्छन् । तिम्रो के स्वार्थ छ भनेर समेत सोध्छन्’, उनले भने, ‘महासंघको अध्यक्ष पदमा बसेपछि देशको आर्थिक विकास बाहेकको स्वार्थ मैले लिन हुँदैन ।’ देशको आर्थिक विकास

विदेशी लगानीकर्तालाई पर्याप्त अवसर : अध्यक्ष गोल्छा

असार २५, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गरेका छन् । नेपाल फ्रान्स व्यवसायिक मञ्चको भर्चुअल बैठकलाई बिहीवार संवोधन गर्दै अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताएका छन् ।  अध्यक्ष गोल्छाले नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढीसकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको बताउँदै फ्रान्सेली लगानीकर्तालाई आग्रह गरे ।  अध्यक्ष गोल्छाले महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण रणनीति २०३० (नेट २०३०) का विषयमा पनि जानकारी गराए । नेट २०३० मा लगानीका क्षेत्रका विषयमा स्पष्ट किटान गरिएको जानकारी गर्दै विशेष गरी सन् २०३० सम्म नेपालको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलर पुयाउने, थप २३ लाख रोजगारी सृजना गर्ने, अर्थतन्त्रसँग व्यापार घाटाको अनुपात आधा घटाउने लक्ष्य लिइएको बताए ।  हालसम्म फ्रान्सबाट १०७ परियोजनामा करीब एक अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएको छ । व्यापार प्रवर्द्धन केन्द्रका अनुसार गतवर्ष फ्रान्ससँगको व्यापार घाटा करीब साढे ८ अर्ब रुपैयाँ छ ।  नेपाल उद्योग वाणिज्य महासंघ र फ्रान्सको मेडेफ इन्टरनेशनल आयोजना गरेको उक्त कार्यक्रमलाई काठमाडौं स्थित फान्सली दूतावास र पेरिसस्थित नेपाली दूतावासको सहयोग रहेको थियो । बैठकमा दुवै देशबाट ५० जना उद्यमी व्यवसायीहरूको सहभागिता थियो । बैठकमा दुवै देशबाट विमानस्थल इन्जिनियरिङ, निर्माण, डिजिटल सेक्यूरिटी, बैकिङ, शिक्षा, स्वास्थ्य, कृषि, बैंकिङ, पर्यटन, उर्जा, खाद्य प्रशोधन, अटोमोवाइल, रेमिमिट्यान्स लगायतका क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो । कार्यक्रमलाई संवोधन गर्दै नेपालका लागि फ्रेन्सेली राजदूत फंस्वा–जाभिए र पेरिसस्थित नेपाली राजदूत दिपक अधिकारीले नेपालमा रहेको अधिकतम लगानीको सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरि लाभ उठाउन जोड दिए । आपसी लगानी विस्तार गर्न र निजी क्षेत्र बीचको सम्बन्ध विस्तारमा यो बैठक कोशेढुंगा हुने उनीहरूको विश्वास थियो ।  मेडेफको भारत तथा नेपालका लागि प्रमुख डेनियल मात्रेले नेपालमा लगानीको वातावरणलाई आफूले नजिकबाट नियालीरहेको बताउँदै  भारतमा रहेको फ्रान्सेली संयुक्त लगानीलाई नेपालमा आकर्षित गर्न आफ्नो तर्फबाट प्रयास भइरहेको जानकारी गराए ।   महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले द्विपक्षीय सम्बन्धलाई थप मजवूद पार्दै एक अर्काबाट आपसी लाभ उठाउन नेपाल फ्रान्स विजजेश फोरम जस्ता मञ्चको अधिकतम प्रयोगमा जोड दिए । नेपाल बाह्य लगानीको भोको रहेकाले नेपालमा लगानी गर्न आग्रह गरे । पर्यटन तथा आतिथ्यता क्षेत्रमा रहेको फ्रान्सको विज्ञता नेपालको पर्यटन प्रवर्द्धनमा पनि आकर्षण गर्नुपर्ने सुझाव उनको थियो । बैंकिङ क्षेत्रमा पनि लगानीको सम्भाव्यता रहेको उनले स्पष्ट पारे ।

नेपाल–फ्रान्स विजनेश फोरम आयोजना हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र फ्रान्सेली राजदूतावासको सहकार्यमा ‘नेपाल–फ्रान्स बिजनेस फोरम’ आयोजना हुने भएको छ । बिहिबार महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीचको भेटवार्तामा फोरम आयोजना गर्ने सम्बन्धमा छलफल भएको हो ।उक्त भेटका क्रममा अध्यक्ष गोल्छा र ...