पाँचथर– वर्षापछि गए राति पहिरो झर्दा अवरुद्ध बनेको मेची राजमार्गको फिदिम-काबेली खण्ड सञ्चालनमा आएको छ । अन्यत्र पहिरो नगए पनि सडकभन्दा करिब ३० मिटर माथिबाट ढुङ्गासहितको पहिरो खस्दा काबेली नदी छेउमै मेची राजमार्ग अवरुद्ध बनेको थियो । स्थानीयवासीसमेतको सहयोगमा पहिरो पन्छाई प्रहरीले सडक खुलाएको हो । सडक एकतर्फी खुला भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ […]