फुङलिङ : अवरुद्ध भएको मेची राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ। पाँचथरको हेवा खोलामा बेलिब्रिज निर्माण भएसँगै अवरुद्ध राजमार्ग खुलेको हो।बाढीपहिराले यही असार २ गते हेवाखोलामा रहेको मोटरेबल पुल बगाएसँगै मेची राजमार्ग अवरुद्ध भएको थियो। बाढीपहिराले मोटरेबल पुल बगाएसँगै ताप्लेजुङ जिल्ला सडक सञ्जालले विच्छेद भएको थियो। लामो समय मेची राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङ जिल्लाबाट अन्य जिल्ला जान समस्या हुँदै आएको थियो। ताप्लेजुङदेखि पाँचथरको जिल्लाको हेवाखोलासम्म वारि मात्र गाडी पुग्थ्यो। वार