पाँचथर - मेची राजमार्ग अन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभिर खण्ड जोखिमपूर्ण बनेको छ ।
पहिरो झरेर सडकभन्दा माथि थुप्रो लागेको छ भने जमिन नै भत्किएको छ । निरन्तर पानी पर्दा लेदोसहित ढुङ्गा–माटो झर्ने गरेकाले सडक जोखिमपूर्ण बनेको गाडी चालकले बताएका छन् ।
पहिरो झरेर जोखिम हुनसक्ने तथा सडक अवरुद्ध हुन जाने अवस्थालाई ध्यानमा राखेर एउटा एक्स्काभेटर तयारी अवस्थामा राखिएकाे सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।
मेची राजमार्गको यस खण्डमा विगतमा पहिराेको ठूलो समस्या थिएन । तर राजमार्गक...