माओवादीका बागी अमानसिंह तामाङले फिर्ता लिए उम्मेदवारी

सिन्धुपाल्चोक – साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रका आधिकारिक उम्मेदरविरुद्ध दिएको बागी बनेका अमानसिंह तामाङले उम्मेदवारी फिर्ता लिएका छन्। अघिल्लो स्थानीय चुनावमा प्रमुख जितेका तामाङले फेरि प्रमुख हुने आकांक्षा राखे पनि माओवादीले कृष्णप्रसाद सापकोटालाई आधिकारिक उम्मेदवारी बनाएपछि उनले बागी दिएका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन गरेर आग्रह गरेपछि तामाङले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन्। […]

सम्बन्धित सामग्री

पार्टीको दबाबपछि त्रिविका बागीले फिर्ता लिए उम्मेदवारी

२ चैत, काठमाडौं । नेपाली कांग्रेसले त्रिभुवन विश्वविद्यालयमा बागी उम्मेदवारी दिएकालाई नाम फिर्ता गराएको छ । विष्णुबहादुर बडैलाको नेतृत्वमा बागी उठेकाहरुले बिहीबार नाम फिर्ता लिएका छन् । नेपाल विद्यार्थी संघले श्यामराज ओझालाई टिकट दिएपछि स्वतन्त्र समूह खडा गरि बडैलाले छुट्टै प्यानल बनाएका थिए । उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोर सिंह राठोर, नेता […]

बाँकेमा एक प्रतिनिधिसभा र आठ प्रदेशसभाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज : प्रतिनिधिसभा र प्रदेशसभातर्फ बाँकेमा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा एक प्रतिनिधिसभा र आठ प्रदेशसभाका उम्मेदवार छन्। बाँके क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका रवीन्द्रमान श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन्। क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार…

झापामा १३९ जनाले फिर्ता लिए उम्मेदवारी

झापामा १३९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । स्थानीय तह निर्वाचनमा झापाको १५ वटा स्थानीय तहको १३१ वटा वडामा उम्मेदवारी दिएका मध्ये १३९ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन...

जनकपुरधाम उपमहानगपालिकाः मेयरसहित १५ जनाले फिर्ता लिए उम्मेदवारी

जनकपुरधामः आसन्न स्थानीय तह निर्वाचनमा भाग लिन जनकपुरधाम उपमहानगपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्ता गरेकामध्ये मेयरमा दुई, उपमेयरमा १, वडाध्यक्षमा ११ र सदस्यमा १ जना गरी कूल १५ प्रत्यासीले नाम फिर्ता लिएका हुन्। मेयरको उम्मेदवारी फिर्ता लिनेहरुमा वैद्यनाथप्रसाद साह…

पोखरा महानगरका बागी सापकोटा र तिवारीले फिर्ता लिए उम्मेदवारी

काठमाडौँ – पोखरा महानगरपालिकामा बागी उम्मेदवारी दिएका कांग्रेसका दुई जना कार्यकर्ताले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समयलाई सदुपयोग गर्दै प्रमुखका दाबेदार ऋषिराम सापकोट र नन्दराम तिवारीले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी झिकेका हुन्। उनीहरुले इमान्दार कार्यकर्ताका हैसियले पार्टीको निर्देशनअनुसार उम्मेदवारी फिर्ता लिएको बताए। कांग्रेसकै अर्का बागी उम्मेदवार विमल कार्कीले भने […]

भूमे गाउँपालिकामा कांग्रेसबाट अध्‍यक्षका उम्‍मेदवारले फिर्ता लिए उम्मेदवारी

१६ वैशाख, दाङ। रुकुम पूर्वको भूमे गाउँपालिकाको अध्‍यक्ष पदका उम्‍मेदवार नेपाली कांग्रेसका भिमबहादुर ओलीले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेस र एमालेको गठबन्धनको तर्फबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका ओलीले शुक्रवार उम्मेदवारी फिर्ता लिएका हुन् । भूमेमा कांग्रेस र एमाले मिलेर निर्वाचन लड्ने भन्दै गठबन्धन गरेका थिए । अध्यक्षमा कांग्रेसका ओली र उपाध्यक्षमा एमालेका कमानसिङ डाँगीले […]

चौरजहारीमा वडा अध्यक्षका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

१६ वैशाख, चौरजहारी । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. १ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएका बीरबहादुर गिरीले उम्मेदवारी फिर्ता लिएका छन् । उनले नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार इन्द्रे गिरी लगायतलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिने दिन हो । उम्मेदवारी […]

५७ जनाले फिर्ता लिए उम्मेदवारी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रियामा ५७ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आइतबार दिउँसो १ बजेसम्म निर्धारण गरिएको थियो । फिर्ता लिनेमध्ये सभापति पदका उम्मेदवार युवराज न्यौपाने, सहमहामन्त्री पदका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीलगायत सदस्य रहेका समितिले जनाएको छ ।यसैगरी सदस्यहरुमा जङ्गीलाल राय, सञ्जयकुमार यादव, […]

सहमहामन्त्रीमा रञ्जितले फिर्ता लिए उम्मेदवारी, रामकृष्णलाई समर्थन गर्ने

२६ मंसिर, जनकपुरधाम । नेपाली कांग्रेसको जारी महाधिवेशनमा मधेशीतर्फ सह-महामन्त्रीका उम्मेदवार रञ्जित कर्णले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार साँझ कर्णले उम्मेदवारी फिर्ता लिएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । डा. शेखर कोइराला प्यानलका मधेशीतर्फको सह महामन्त्रीका उम्मेदवार रामकृष्ण यादवलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन् । उम्मेदवारी फिर्ता लिने समय आइतबार […]

मीन विश्वकर्माले फिर्ता लिए उम्मेदवारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गतको निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका मीनबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् । संस्थापन पक्षका नेता विश्वकर्माले प्यानल बाहिरबाट स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गराएका दिए । उनको उम्मेदवारी फिर्ता भएको पुष्टि कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए । उम्मेदवारी फिर्ताका लागि ११ बजेसम्मको समय छुट्ट्याइएकोमा डेढ घण्टा थप भएको छ । हालसम्म २७ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।