नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गतको निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका मीनबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् ।
संस्थापन पक्षका नेता विश्वकर्माले प्यानल बाहिरबाट स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गराएका दिए ।
उनको उम्मेदवारी फिर्ता भएको पुष्टि कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए ।
उम्मेदवारी फिर्ताका लागि ११ बजेसम्मको समय छुट्ट्याइएकोमा डेढ घण्टा थप भएको छ ।
हालसम्म २७ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।