वैदेशिक रोजगारीबाट फर्किएर कुरिलो खेती, लाखाैँ आम्दानी

नवलपरासी – भक्तपुरका जयराज ख्याजुले एक वर्षअघिदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ ब्रम्हस्थानमा व्यावसायिक कुरिलो खेती सुरु गर्नुभयो । कुरिलो खेती सुरु गर्नुअघि उहाँ १० वर्षसम्म वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । वैदेशिक रोजगारीमा लामो समय बिताउनुभएका ख्याजु स्वेदशमा नै उद्यमी बन्ने सोचका साथ फर्किएर नवलपुरमा व्यावसायिकरूपमा कुरिलो खेती सुरु गरेको बताउनुहुन्छ । उहाँले ब्रम्हस्थानमा दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक कुरिलो खेती सुरु गर्नुभएको हो । वैदेशिक रोजगारीबाट फर्किएलगत्तै व्यावस...

सम्बन्धित सामग्री

कुरिलो खेतीमा जुट्दै सिन्धुलीका किसान

एक पटक लगाइसकेपछि झन्डै पन्ध्र बर्ष सम्म उत्पादनशिल रहने र लगाइरहन नपर्ने भएकाले खेती सहज हुने र आम्दानी राम्रो हुने भएकाले कुरिलो खेती रोजाईमा पर्न थालेको हो।...

आम्दानीको स्रोत बन्दै कुरिलो खेती, गाउँमा भन्दा शहरी क्षेत्रमा बढी माग

नवलपरासी । बर्दघाट–सुस्तापूर्वको मध्यविन्दु नगपालिका–३ ब्रमस्थानमा करीढ डेड बिघा जम्पनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आएका छन् । बिगत चार वर्षयता लोट्स कृषि तथा पशुफार्म दर्ता गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आएका मोक्तानले विगत दुई वर्षदेखि कुरिलो खेती गर्न थालेको बताए ।अन्य खेतीमा भन्दा भौगोलिक वातावरण तथा माटोको हिसाबले पनि कुरिलो खेती उपयुक्त हुने देखेपछि यसतर्फ आकर्षित भएको मोक्तानले बताए । पछिल्लो समयमा नवलपुरलाई कुरिलो खेतीको केन्द्र बनाउने सोचसहित आफू त्यसतर्फ लागि परेको उनले बताए । ‘कुरिलोको महत्व र फाइदा बुझेपछि पछिल्लो समयमा यसको माग काठमाडौंलगायत शहरी क्षेत्रमा बढी रहेको छ’, उनले भने । उनले आफूले जस्तै अरूलाई पनि खेती गर्न आग्रह गर्ने गरेका छन् ।यस फार्मबाट नौ जनाले रोजगारी पाएका छन् । कम खर्चमा बढी आम्दानी हुने कुरिलो खेतीबाट थोरै नाफा लिंदै यसको बजारीकरणमा लागेको मोक्तानले बताए। भिन्न सोचका साथ यसको आयुर्वेदिक फाइदा र महत्व बुझाउँदै स्थानीय क्षेत्रमा नै बजारीकरण गर्दै अहिले अन्य मानिसलाई रोजगारी समेत दिन सफल भएको उनले बताए ।शुरुमा थोरै जमिनमा कुरिलो रोप्नु भएका मोक्तानले अब क्षेत्र विस्तार गर्न लागेको बताए ।‘बिरुवा रोपेको चार/ पाँच महीनामा तयार हुने कुरिलो खेतीमा दिनदिनै टुसा पलाउने हुँदा यसबाट राम्रो आम्दानी हुन्छ’, उनले भने । अहिले बारीबाट नै प्रतिकेजी ४०० रुपैयाँका दरले विक्री हुँदै आएको छ । कुरिलो तरकारीको रुपमा प्रयोग गरिन्छ । यसको स्वाद अन्य तरकारीको भन्दा मिठोसँगै फाइदा पनि उत्तिकै छ । कुरिलो खादा रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा यसको माग बढ्दै गएको छ । रासस

सफलताको कथा : कुरिलो खेतीबाट मनग्गे आम्दानी

रसुवा । जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ थाम्वुचेत निवासी सिङगे लामाले १९ रोपनी जग्गा भाडामा लिएर कुरिलो खेती गर्दै आएका छन् । थाम्वुचेतमा आफन्तको १९ रोपनी जग्गा भाडामा लिएका लामाले १९ लाखको लगानीमा कुरिलोको बीउ खरिद गरेका थिए । उनले उक्त बीउ बनेपाबाट आफ्नै लगानीमा खरिद गरेका थिए । त्यसपछि खरिद गरेको बीउ लामाले व्याडमा एक–एक गरेर […]

वैदेशिक रोजगारीबाट फर्किएर कुरिलो खेती, लाखाैँ आम्दानी

नवलपरासी – भक्तपुरका जयराज ख्याजुले एक वर्षअघिदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ ब्रम्हस्थानमा व्यावसायिक कुरिलो खेती सुरु गर्नुभयो । कुरिलो खेती सुरु गर्नुअघि उहाँ १० वर्षसम्म वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । वैदेशिक रोजगारीमा लामो समय बिताउनुभएका ख्याजु स्वेदशमा नै उद्यमी बन्ने सोचका स...

वन्यजन्तुले सताएपछि अकबरे र कुरिलो खेती

बगनासकाली गाउँपालिका–८, बराङ्दीकी देवका बस्यालले दुई वर्षदेखि मकै लगाउन छाडेकी छन् । बाँदर, दुम्सी, मृग, बँदेललगायतका जंगली जनावरले हैरान बनाएपछि खेती गर्न छाडेकी हुन् । त्यही बेला बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाको कार्यक्रमअनुसार उनले अकबरे खुर्सानी र कुरिलो खेती थालेकी छन् । पहिलो वर्ष खासै आम्दानी नभए पनि यस वर्ष भने २ लाख ५० हजार रुपैयाँभन्दा बढीको उत्पादन बिक्री हुने उनको अनुमान छ ।

कुरिलो खेतीतर्फ कृषकको आकर्षण बढ्दै

नेपाल समाचारपत्र, पाल्पा ।  पछिल्लो समयमा पाल्पामा कुरिलो खेति फष्टाउन थालेको छ। आयुर्वेदिक फाइदा र कम लगानीमा राम्रो आम्दानी हुन थाले पछि कृषकहरु आकर्षण त्यसतर्फ बढेको हो ।यसको महत्व र फाइदा बुझेपछि पछिल्लो समयमा पाल्पामा किसानहरुले कुरिलो खेती शुरु गर्न थालेका छन् । कम खर्चमा बढी आम्दानी हुने कुरिलो खेतीका लागि पाल्पाको हावापानी राम्रो भएका […]

कुरिलो खेतीमा कृषकको आकर्षण बढ्यो

पाल्पाको बगनासकाली गाउँपालिकाका कृषक व्यावसायिक कुरिलो खेतीमा आकर्षित भएका छन् । स्वास्थ्यका लागि फाइदाजनक र आम्दानी राम्रो हुने भएपछि यहाँका कृषकले व्यावसायिक तवरबाट कुरिलो खेती गर्न थालेका छन् । वडा नं ८ बराङ्दी क्षेत्रमा कुरिलो खेतीतर्फ कृषकको आकर्षण बढ्दो छ । बजारमा कुरिलोको माग बढ्दो र बजार मूल्य राम्रो पाएपछि यहाँका कृषक यस खेतीप्रति आकर्षित भएका हुन् ।

नवलपुरलाई कुरिलो ‘हब’ बनाइँदै

पूर्वी नवलपरासीको मध्यबिन्दु–३, ब्रह्मस्थानका पदम मोक्तानले व्यावसायिक कुरिलो खेती सुरु गर्नुभएको छ। उहाँलाई यतिखेर कुरिलो मुठा पारेर बेच्न भ्याइनभ्याइ छ। पछिल्लो समय नवलपुरलाई कुरिलो खेतीको हब बनाउने सोचमा मोक्तान लागिपर्नुभएको छ। कम लगानीमा राम्रो आम्दानी हुने भएपछि यो पेसाप्रतिको आकर्षण बढेको हो।

कुरिलो खेतीको कमाल, वार्षिक आठ लाख आम्दानी

विराटनगर : कुरिलो खेती गरेर विराटनगरका एक युवक वार्षिक आठ लाखभन्दा बढी आम्दानी गरिरहेका छन्। विराटनगर-५ का विजय शर्मालाई पाँच वर्षअघि अर्काको रोजगारी गरेर पनि बिहान बेलुकाको छाक टार्न धौधौ पर्थ्यो तर अहिले उनी कुरिलो खेतीबाट मनग्य आम्दानी गरिरहेका छन्। आफ्नो जग्गा पनि नभएका उनले अरूकै जमिन भाडामा लिए...

कुरिलो खेतीले बदलियो विजयको जीवन

२० असार, विराटनगर । सामान्यतय कुरिलो खेती पहाडी क्षेत्रमा हुने बहुवर्षीय बाली हो । तर, विराटनगरका विजय शर्माले विराटनगरमा नै व्यवसायिक कुरिलो खेती गरी मनग्य आम्दानी लिइरहेका छन । उनी चार वर्षदेखि कृषि कर्ममा रमाइरहेका छन् । बिजयले १० कठ्ठा लिजमा लिएको जमिनबाट वार्षिक ८ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् …