काठमाण्डाै – विदेशीले नेपालमा गर्ने खर्चमा झण्डै ९२ प्रतिशतले कमी आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा विदेशी नागरिकबाट नेपालमा ४८ अर्ब एक करोड रुपैयाँ आय भएकोमा यस वर्षको सात महिनामा जम्मा तीन अर्ब ८७ करोड रुपैयाँ मात्रै आय भएको छ ।
नेपालीले विदेश गएर गर्ने खर्चमा पनि कमी आएको छ । अघिल्लो आर्थिक वर्षको सात महिनामा नेपालीले ४३ अर्ब रुपैयाँ विदेश लगेकोमा यो वर्ष ५६ प्रतिशतले घटेर १८ अर्ब ८५ करोड रुपैयाँमा झरेको छ ।
यसमध्ये शिक्षातर्फकाे खर्च १५ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षक...