नेपालको अर्थतन्त्रमा पर्यटनको विशेष भूमिका रहने भनिए पनि यहाँ विदेशी पर्यटकले जति खर्च गर्छन् त्यसको कैयौं गुणा बढी रकम नेपालीले विदेश गएर खर्च गर्ने गरेका छन् । यसको प्रमाणका रुपमा चालू आर्थिक वर्षको सुरुको तीन महिनामा नेपालीले विदेश भ्रमणमा खर्च गरेको रकमको आँकडा नै काफी छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार …