काठमाण्डाै – नौ महिनामा सेवा आय ८० अर्ब ८० अर्ब ३५ करोड रुपैयाँले घाटामा रहेको छ । विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय दुई सय ३३ प्रतिशतले बढेर १८ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।अघिल्लो वर्षको नौ महिनामा भ्रमण आयतबापत पाँच अर्ब ५६ करोड रुपैयाँ मात्रै प्राप्त भएको थियो ।नेपालीले विदेशमा गर्ने खर्च अर्थात् भ्रमण व्यय पनि एक सय ३० प्रतिशतले बढेर ६१ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । यसमध्ये ४३ अर्ब ६७ करोड रुपैयाँ शिक्षाका लागि विदेशिएको छ ।गएको वर्ष नौ महिनामा २६ अर्ब ८५ करोड भ्रमण व्यय रहेकोमा शिक्षातर्फको व्यय...