मंसिर ४ निर्वाचन : बाँके–१ मा नयाँ पुरानाको प्रतिस्पर्धा

बाँके निर्वाचन क्षेत्र नं १ मा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजसँग नयाँ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका मन्त्री गहतराजसँग नेकपा (एमाले) का उम्मेदवार युवानेता सूर्य ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।यसअघि वि.सं २०७४ को निर्वाचनमा गहतराजलाई जिताउन खटिएका एमाले केन्द्रीय सदस्य ढकाल अहिले राप्रपासँगको चुनावी तालमेलमा गहतराजलाई चुनौती दिइरहेका छन् । ब

सम्बन्धित सामग्री

मंसिर ४ को निर्वाचन सामान्य अवस्थाको जस्तो छैन : प्रचण्ड

४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ को निर्वाचन सामान्य नभएको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ७ को सत्ता गठबन्धनका उम्मेदवारहरुको परिचय कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । ‘चार गतेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन जस्तो छैन,’ प्रचण्डले भने, ‘देशले जित्ने हो कि […]

मंसिर ४ को निर्वाचन बहिष्कार गर्ने वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको निर्णय

काठमाडौं: मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने भएको छ। भदौ १० देखि १२ गतेसम्म बसेको केन्द्रीय समितिको विशेष बैठकले मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने नीति पारित गरेको हो। बैठकमा पार्टीका महासचिव वैद्यले पेश गरेको समसामयिक राजनीतिक…

मंसिर ४ मा चुनाव गर्ने मन्त्रिपरिषद्‌को निर्णय

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठककाे निर्णयले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो।...

मंसिर ४ मा निर्वाचन गराउन गठबन्धनको सुझाव

सत्तारुढ पाँचदलीय गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्न सरकारलाई सुझाएको छ।...

निर्वाचन मंसिर ४ मा गर्न गठबन्धन सहमत

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते गर्न गठबन्धनमा सहमति जुटेकाे छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको हाे।...

प्रतिनिधिसभा र प्रदेशको निर्वाचन मंसिर ४ मा गर्ने सत्ता गठबन्धनको सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधिसभा चुनावबारे छलफल भएको थियो । बैठकमा मंसिर ४ गते निर्वाचन गर्ने विषयमा सबै शीर्ष नेताहरू सहमत भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो । अब बिहीबारको […]

मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुन्छ : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् ।उनले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा हुने बताए । प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन दिए । काँग्रेसभित्र पार्टीको

संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा पक्का : प्रवक्ता महत

१३ साउन, काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रिय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् । उनले सरकारले […]

मंसिर ४ मा निर्वाचन पक्का : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मिति पक्कापक्की भएको बताएका छन्। शुक्रबार काठमाडौंको थापागाँउमा आयोजित प्रेस युनियनका निर्वाचित पदाधिकारीहरुको पदभार...

प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ मा गर्न सुझाव

काठमाडौं, साउन ११ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मन्त्रिपरिषद्को आगामी बैठकले मिति तोक्ने बताएका छन्। आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्न सिफारिस गरेको उनले बताए। यसअघि आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी मंसिर पहिलो साताभित्र निर्वाचन मिति घोषणा गर्न सुझाव दिएको थियो। […]