सुर्खेतमा कालिकोटका व्यापारी कृष्ण हमाल (मिनी) को शङ्कास्पद मृत्यु भएको घटनामा सुब्बाकुनाका प्रहरी सहायक निरिक्षक (असई) शेरसिंह धामीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको छ । मृतक हमालका आफन्त तिलागुफा नगरपालिका–३ का ५४ वर्षीया हिराचन्द्र हमालले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता गराएका हुन् ।प्रहरीको कुटाइबाट हमालको मृत्यु भएको भन्दै प्रहरी सहायक निरिक्षक धामीविरुद्ध किटानी जाहेरी दिइएको परिवारले जनाएका छन् । शुक्रबार साँझ वीरेन्द्रनगर