सुर्खेतमा कालिकोटका व्यापारी कृष्ण हमाल (मिनी) को शंकास्पद मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तले सुब्बा कुना प्रहरी इन्चार्ज (सई) शेरसिंह धामी विरुद्ध किटानी जाहेरी दर्ता गर्न लागेका छन् ।प्रहरीको कुटाइबाट हमालको मृत्यु भएको भन्दै आफन्तले उनीविरुद्ध किटानी जाहेरी दर्ता गर्न लागेका हुन् । मृतकका आफन्तले प्रहरीको लापरवाहीले उनको मृत्यु भएको आरोप लगाएका छन् । शुक्रबार साँझ वीरेन्द्रनगर भित्रिने प्रवेशद्वार सुब्बा कुनामा हमाल सवार ट्रकलाई नियन्त्रणमा लिएर हमाललाई कुटपिट भएको र उनको मृत्यु भएको उनी