जेठ २२, लन्डन (बेलायत) । सर्वाधिक विकसित देशहरूको समूह जी–सेभेनले बहुराष्ट्रिय कम्पनीहरुलाई कर लगाउने ऐतिहासिक सहमतिमा पुगेका छन् ।
बेलायतको लन्डनमा बसेको जी–सेभेनका अर्थमन्त्रीहरुको बैठकले सैद्धान्तिक रुपमा विश्वभरका बहुराष्ट्रिय कम्पनीहरुलाई उनीहरुले कमाएको मुनाफामा कम्तिमा १५ प्रतिशत कर लगाउने अमेरिकी प्रस्तावको समर्थन गरेका छन् ।
वर्षौसम्मको छलफलपछि जी–सेभेनका अर्थमन्त्रीहरु विश्वको कर प्रणालीलाई सुधारेर वर्तमान डिजीटल युगलाई सुहाउँदो बनाउन ऐतिहासिक सम्झौतामा पुगेको बेलायती अर्थतन्त्र ऋषि सुनाकले शनिवार एक भिडियो विज्ञप्तिमा भने । सम्झौता उपर्युक्त कम्पनीले उपर्युक्त स्थानमा उपर्युक्त कर तिरुन भन्ने सुनिश्चित गर्न गरिएको पनि उनले बताए ।
यस सम्झौताले एमाजन र गूगल लगायतका बहुराष्ट्रिय कम्पनीहरु प्रभावित हुनेछन् । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टको आइरिस सहायक कम्पनीले गत वर्ष ३ खर्ब १५ अर्ब डलर मुनाफामा कर नै नतिरेको भन्दै यसै हप्ता समाचारहरु आएका थिए ।
कोरोना भाइरसको महामारी बीच अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, क्यानडा, इटली र जापानबीच भएको यस सम्झौताले सरकारहरुलाई कर्जा तिर्न अर्बौ डलर आम्दानी मिल्ने देखिएको छ ।
यस सम्झौताले अन्य देशहरुलाई पनि यस्तै खालको नीति अपनाउन दबाब दिनेछ । पछिल्लो सम्झौता विश्वभरका कम्पनीका लागि समान खालको अवसर सृजना गर्न तयार पारिएको बेलायती अर्थमन्त्री सुनाकले बताएका छन् । एजेन्सी