बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरबाट कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा घाइते भएका चार जनालाई उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । उहाँहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट दिउँसो ४ः ३० बजे कोहलपुर लगिएको हो ।