बर्दिया ट्रक दुर्घटना अपडेट : मृतक तीनको सनाखत

बर्दिया : पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र ट्रक दुर्घटना हुँदा ज्यान गुमाउने तीनकै सनाखत भएको छ। ज्यान गुमाउनेहरूमा बाँके खजुरा ६, कोहलपुर बस्ने ३५ वर्षीया प्रतिमा सुनार, खजुरा गाउँपालिका जी गाउँ बस्ने ४० वर्षीया पवित्रा सुनार परियार तथा सहचालक गुल्मी जिल्ला घर भएका निमबहादुर सार्की रहेका छन्। ...

सम्बन्धित सामग्री

गोरखा मिनी ट्रक दुर्घटना [अपडेट] : २ को मृत्यु, ६ जना घाइते

गोरखा नगरपालिका–६, बिसौनीमोडमा मिनी ट्रक दुर्घटनामा घाइते भएका २ जनाको मृत्यु भएको छ । गम्भीर घाइते एक जनाको उपचारको क्रममा गोरखा अस्पताल र एक जनाको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए ।

हेटौंडा बस–ट्रक दुर्घटना अपडेट : मृत्यु हुनेमा बसका चालक परियार

हेटौंडा–११ नवलपुरमा बस र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा मृत्यु भएका २ मध्ये १ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा यात्रुबाहक बस चालक चन्द्रागिरी नगरपालिका–२ काठमाडौंका २९ वर्षीय सरोज परियार रहेका प्रहरीले जनाएको छ ।गएराति १२ : ३० बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको नवलपुलस्थित सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परेर घाइते भएका परियारको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।मृत्यु भएका दुई जनामध्ये अर्का एक जनाको सनाखत भने हुन सकेक

दार्चुलामा ट्रक दुर्घटना अपडेट: मृतककाे पहिचान खुल्यो, आफन्त सदरमुकाम आइपुगे

दार्चुलामा भएको ट्रक दुर्घटनामा मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–५ का ट्रक चालक २४ वर्षीय शेरसिंह कार्की, दोगडाकेदार गाउँपालिका–६ का २४ वर्षीय धनसिंह भण्डारी र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडका १७ वर्षीय चन्द्रसिह बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिनुभयो । मृतक तीनै जनाको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । तीनै जनाका आफन्त दार्चुला सदरमुकाम पुगेका छन् ।

मिनीट्रक ट्रक दुर्घटना अपडेट : मृतक २० जनाकै सनाखत

नुवाकोट : दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । दुर्घटनामा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १५ जनाको काठमाडौँमा उपचार भइरहेको छ ।  दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपु जाँदै गरेको बा३ख ३९१३ नम्ब...

नुवाकोट दुर्घटना अपडेट : १६ जनाको ज्यान गएको पुष्टि

नुवाकोट – नुवाकोटको दुर्गम क्षेत्र घ्याङफेदीमा शुक्रबार साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको ज्यान गएको प्रारम्भिक जानकारी आएको छ । दुप्चेश्वर गाउँपालिकाको शिखरबेसीमा घेबा सकेर घ्याङफेदीको सिसिपुतर्फ जाँदै गरेको मिनी ट्रक घ्याङडाँडाको कच्ची सडकबाट खसेर भएको दुर्घटनामा १६ जनाको ज्यान गएको प्रारम्भिक जानकारी आएको जिल्ल...