राजीनामा तयारीमा रहेका नेता नेपालसँग पौडेल–नेम्वाङको छलफल

काठमाडौं । राजीनामाको तयारीमा रहेका एमाले नेता माधवकुमार नेपालसँग नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले अहिले छलफल गरिरहेका छन् । सिंहदरबार संसद् सचिवालय पुगेका नेता नेपाललाई भेट्न उनीहरु बालुवाटारबाट त्यहीँ पुगेका हुन् । अहिले उनीहरुबीच छलफल भइरहेको छ । यसअघि भएको भर्चुअल छलफलमा एमाले स्थायी कमिटीका सदस्यहरु नाटकीय परिवर्तन नभए राजीनामा दिने...

सम्बन्धित सामग्री

पूर्वकांग्रेस नेता अमरेश नयाँ पार्टी खोल्ने तयारीमा

काठमाडौँ– पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पूर्वकांग्रेस नेता अमरेशकुमार सिंहले राजनीतिक दल खोल्ने तयारी गरेका छन्। सिंहले एमाले त्याग्दै सर्लाही ४ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद प्रभु साह र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीसँग मलेर नयाँ दल खोल्ने बिषयमा छलफल थालेका हुन्। उनले देशसञ्चारसँग कुरा गर्दै नयाँ राजनीतिक दल खोल्ने […]

प्रचण्ड र बाबुराम भट्टराईबीच एक घण्टा छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका नेता डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच एक घण्टा छलफल भएको हो। जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेपछि भट्टराई पार्टी पुनर्गठनको तयारीमा छन्।भट्टराईसँग प्रचण्डको संवाद बाक्लिँदै गएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रचण्डले पूर्वमाओवादीहरु  एक ठाउँमा आउनुपर्ने बताउँदै आएकाले पनि भेटलाई महत्वका साथ हेरिएको हो

प्रस्तावित पार्टीको नाम फेर्ने तयारीमा नेता नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तावित नयाँ दलको नाम फेर्ने तयारी गरेका छन् । निर्वाचन कानूनअनुसार दर्ता भइसकेको दलसँग मिल्दोजुल्दो नाम राख्न नपाइने भएपछि नेकपा एमाले समाजवादी नामलाई परिवर्तन गर्ने तयारी गरिएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । नेपाल समूहमा पार्टीको नाम नेकपा एकीकृत समाजवादी वा नेकपा समाजवादी राख्ने विषयमा छलफल भइरहेको छ । यसैगरी […] The post प्रस्तावित पार्टीको नाम फेर्ने तयारीमा नेता नेपाल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

विभाजनसम्बन्धी अध्यादेशको तरंग- नेपाल पक्ष आन्तरिक तयारीमा

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि एमाले वरिष्ठ नेता नेपाल पक्ष आन्तरिक तयारीमा जुटेको छ । नेता नेपालले आफूनिकटका नेतासँग छलफल गर्दै पार्टी एकताका लागि ओलीले सबै ढोका बन्द गरिसकेको भन्दै नयाँ दल गठन गरेर अघि बढ्नेबारे छलफल गरिरहेका छन् । नेपाल पक्षका नेता जगन्नाथ खतिवडाले पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भइरहेको तर पार्टी एकताका लागि अध्यक्ष ओलीले सबै ढोका बन्द गरेको अवस्थामा नयाँ दल गठन गरेर बढ्नेगरी तयारी भइरहेको बताए । नयाँ दल गठनका लागि आवश्यकताअनुसार अध्यादेश पनि आउन सक्ने उनले बताए ।...

एमाले कार्यदल बैठक : सहमतिको मस्यौदामा छलफल जारी, आजै टुंग्याउने तयारी

काठमाडौं : नेकपा (एमाले) को आन्तरिक विवाद समाधानका लागि जारी कार्यदलको बैठकमा सहमतिको मस्यौदामा छलफल चलिरहेको छ । चार घण्टादेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी छलफल सकारात्मक ढंगले अघि बढिरहेको माधव नेपाल पक्षीय कार्यदल सदस्य रघुजी पन्तले बताए। 'सहमतिको मस्यौदामा कार्यदल सदस्य सबैले सुझाव दिएका छौं, ती सबै सुझावको पनि प्रतिनिधित्व हुने गरी सहमतिको ड्राफ्ट बनाउने तयारीमा छौं, बैठक चलिरहेका बेला बाहिरिएका नेता पन्तले भने, 'सकभर आजै यसलाई पूर्णता दिने तयारीमा छौं।'उनले सम

महाधिवेशनको तयारीमा जुटेका सिटौलाले भने- स्वाभाविक सभापतिको उम्मेदवार हुँ

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला १४ औं महाधिवेशनको आन्तरिक तयारीमा जुटेका छन् । मंगलबार बत्तीसपुतलीस्थित सम्पर्क कार्यालयमा सिटौलाले आफू पक्षीय नेताहरुसँग छलफल गरेका छन् । छलफलमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, शिव हुमागाईं, विघटित प्रतिनिधिसभाका सांसद भीमसेन दास प्रधानलगायत उपस्थित छन् । त्यस्तै, उनी निकट भ्रातृ संस्थाका पदाधिकारीहरू पनि छन् । सिटौला समूहका केन्द्रीय सदस्य गगन थापा र प्रदीप पौडेल भने छलफलमा सहभागी छैनन् ।कांग्रेस नेता रामजी कुँवरको निधनपछि थापा पोख

देउवाले गरे आफू पक्षीय नेतासँग छलफल, महाधिवेशनको तयारीमा जुट्न निर्देशन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा आफूपक्षीय शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।शनिबार विहान देउवा आफूनिकट क्रियाशील छानविन समितिका सदस्य र शीर्ष नेतासँग छलफल गरेका हुन् ।छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता एनपी साउद लगायतको सहभागिता थियो । यस्तै छानविन समिति संयोजक रमेश लेखकसहित सदस्यहरु आनन्द ढुंगाना, श्याम घिमिरे र योगेन्द्र चौधरी पनि छलफलमा सहभागी थिए ।

बागमतीका नेतासँग देउवाको छलफल सुरु, सिटौला पक्षका नेता पनि सहभागी

६ असार, काठमाडौं । फेरि पनि पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार पनि आफू निकटका नेताहरूसँग छलफल थालेका छन् । यसअघि प्रदेश १ र २ का नेताहरुसँग छलफल गरेका देउवाले अहिले बागमती प्रदेशका नेताहरुसँग छलफल गरिरहेका छन् । बुढानीलकण्ठस्थित देउवा निवासमा जारी छलफलमा कृष्णप्रसाद सिटौला पक्षका नेता शिव हुमागाइँ पनि […]

सरकारमा सहभागी हुने विषयमा छलफल गर्न ठाकुर पक्षका नेता बालुवाटारमा

काठमाण्डाै - जनता समाजवादी पार्टी(जसपा)काे महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने तयारीमा जुटेकाे छ । सरकारमा सहभागी हुनका लागि जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्रीसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा जसपालाई दिइने मन्त्रालयको विषय टुङ्गो लगाउने प्रयास भइरहेको एक नेताले जानकारी दिएका छन्। जसपालाई ८ वटा मन्त्रालय दिन प्रधानमन्त्री ओली सहमत भए पनि यो विषय टुङ्गो लागिसकेको छैन् । आज सहमति भएमा आजै या भोलि मन्त्रीहरुको सपथ हुन सक्नेछ । जसपाकै अ...