काठमाण्डाै - जनता समाजवादी पार्टी(जसपा)काे महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने तयारीमा जुटेकाे छ । सरकारमा सहभागी हुनका लागि जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्रीसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा जसपालाई दिइने मन्त्रालयको विषय टुङ्गो लगाउने प्रयास भइरहेको एक नेताले जानकारी दिएका छन्।
जसपालाई ८ वटा मन्त्रालय दिन प्रधानमन्त्री ओली सहमत भए पनि यो विषय टुङ्गो लागिसकेको छैन् । आज सहमति भएमा आजै या भोलि मन्त्रीहरुको सपथ हुन सक्नेछ । जसपाकै अ...