एमाले कार्यदल बैठक : सहमतिको मस्यौदामा छलफल जारी, आजै टुंग्याउने तयारी

काठमाडौं : नेकपा (एमाले) को आन्तरिक विवाद समाधानका लागि जारी कार्यदलको बैठकमा सहमतिको मस्यौदामा छलफल चलिरहेको छ । चार घण्टादेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी छलफल सकारात्मक ढंगले अघि बढिरहेको माधव नेपाल पक्षीय कार्यदल सदस्य रघुजी पन्तले बताए। 'सहमतिको मस्यौदामा कार्यदल सदस्य सबैले सुझाव दिएका छौं, ती सबै सुझावको पनि प्रतिनिधित्व हुने गरी सहमतिको ड्राफ्ट बनाउने तयारीमा छौं, बैठक चलिरहेका बेला बाहिरिएका नेता पन्तले भने, 'सकभर आजै यसलाई पूर्णता दिने तयारीमा छौं।'उनले सम