प्रस्तावित पार्टीको नाम फेर्ने तयारीमा नेता नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तावित नयाँ दलको नाम फेर्ने तयारी गरेका छन् । निर्वाचन कानूनअनुसार दर्ता भइसकेको दलसँग मिल्दोजुल्दो नाम राख्न नपाइने भएपछि नेकपा एमाले समाजवादी नामलाई परिवर्तन गर्ने तयारी गरिएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । नेपाल समूहमा पार्टीको नाम नेकपा एकीकृत समाजवादी वा नेकपा समाजवादी राख्ने विषयमा छलफल भइरहेको छ । यसैगरी […] The post प्रस्तावित पार्टीको नाम फेर्ने तयारीमा नेता नेपाल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रचण्ड

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । सत्ता गठबन्धनमा रहेको दल जनता समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डलाई पार्टीको तर्फबाट मन्त्रीको नाम दिने भएको छ । जसपाले मन्त्रीको नाम दिएसँगै आज वा भोलिबीच मन्त्रिपरिषद् विस्तारहुने बताइएको छ । सत्ता गठबन्धनमा रहेको जसपाले दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमती बनेको छ […]

जसपा पनि मन्त्री हेरफेरको तयारीमा, यी हुन अवसर पाउने नयाँ अनुहार !

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) पनि मन्त्री हेरफेरको तयारीमा जुटेको छ । नेकपा (एकीकृत समाजवादी)ले एकाएक पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिएपछि जसपामा पनि मन्त्री फेरबदलको लागि दबाब परेको बताइएको छ। अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्री छान्न आन्तरिक तयारी सुरु गरिसकेको जसपाका एक नेताले जानकारी दिए । पार्टीको तर्फबाट सरकारमा […]

जसपा पनि मन्त्री हेरफेरको तयारीमा

जनता समाजवादी पार्टी (जसपा) पनि मन्त्री हेरफेरको तयारीमा जुटेको छ । नेकपा (एकीकृत समाजवादी)ले एकाएक पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिएपछि जसपामा पनि मन्त्री फेरबदलको लागि दवाव परेको बताइन्छ । अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्री छान्न आन्तरिक तयारी सुरु गरिसकेको जसपाका एक नेताले जानकारी दिए । पार्टीको तर्फबाट सरकारमा सहभागी भएका चार मन्त्रीमध्ये तीनलाई फिर्ता बोलाउने तयारी भएको जसपा निकट स्रोतले बतायो । जसपाबाट हाल राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन

नयाँ पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र : कमल थापा

२८ माघ, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नयाँ पार्टी गठनको तयारीमा रहेका नेता कमल थापाले आफ्नो पार्टीको एजेन्डा हिन्दु राष्ट्र हुने बताएका छन् । नयाँ पार्टी गठनबारे छलफल गर्न प्रदेश १ आएका उनले शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुने बताएका हुन् । ‘अब मैले नयाँ […]

निर्वाचनको तयारीमा होमियो एमाले, प्रदेश अधिवेशन स्थानीय चुनावपछि

काठमाडौं : नेकपा एमाले स्थानीय तहको चुनावको तयारीमा होमिएको छ। निर्वाचन आयोगले आगामी जेठ ४ गते चुनावको मिति सरकारलाई प्रस्ताव गरेपछि एमालेले  तोकिएकै मितिमा चुनाव गराउन खबरदारी गर्दै तयारी थालेको हो।बुधबार बसेको सचिवालय बैठकले पार्टी पङ्क्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ। बैठकले स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय पनि गरेको पार्टी प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।उनका अनुसार पार्टीको

आगामी निर्वाचनको तयारीमा लाग्नुस्: नेता श्रेष्ठ

वालिङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर आगामी निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् । काँग्रेस स्याङ्जा क्षेत्र नं २ ले वालिङमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले पार्टीको १४औँ महाधिवेशनमा भएका आन्तरिक प्रतिस्पर्धालाई भुलेर आगामी निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । ‘पार्टीको आन्तरिक निर्वाचनमा […]

आगामी निर्वाचनको तयारीमा लाग्नुस् : नेता श्रेष्ठ

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर आगामी निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् । काँग्रेस स्याङ्जा क्षेत्र नं २ ले वालिङमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता श्रेष्ठले पार्टीको १४औँ महाधिवेशनमा भएका आन्तरिक प्रतिस्पर्धालाई भुलेर आगामी निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।'पार्टीको आन्तरिक निर्वाचनमा जे-जे भयो भयो त्यो कुरा बिर्सेर अगाडि बढ्नुपर्छ', नेता श्रेष्ठले भने, 'अब पार्

आगामी निर्वाचनको तयारीमा लाग्नुस् : नेता श्रेष्ठ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर आगामी निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् । कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले वालिङमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले पार्टीको १४औँ महाधिवेशनमा भएका आन्तरिक प्रतिस्पर्धालाई भुलेर आगामी निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । “पार्टीको आन्तरिक निर्वाचनमा जेजे भयो भयो त्यो कुरा बिर्सेर अगाडि बढ्नुपर्छ”, नेता श्रेष्ठले भने, “अब पार्टीमा विजयी हुनेले उपविजेताको मतल...

चुनावको तयारीमा लाग्न कार्यकर्ताहरूलाई माधव नेपालको निर्देशन

कञ्‍चनपुर : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन्।बिहीबार महेन्द्रनगरस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा उनले चुनाव नजिकै आइसकेकाले तयारीमा बस्नुपर्ने बताए। स्थानीय तह, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन आउन लागेको उल्लेख गर्दै उनले त्यसका लागि पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए।अध्यक्ष नेपालले सङ्गठन निर्माण गर्ने र पार्टीको अभियानमा खटिने नेताको मूल्याङ्कन हुने बताउँदै जनताको सेवा गर्नकै लागि पार्टीक

निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने भन्दै तयारीमा लाग्न पार्टीका कमिटीहरूलाई निर्देशन दिएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले पहिलोपटक उप-निर्वाचन तथा स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन्। बैठकपछि प्रबक्ता प्रदिप ज्ञवालीले निकट भविष्यमा हुने उपनिर्वाचनमा केन्द्रित हुन सबै कमिटीहरूलाई निर्देशन दिएको बताए।