सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी

साेलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेका टासी ल्हाम शेर्पा विजयी भएको निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्षमा मिङमा छिरीले २ हजार २८ मत र उपाध्यक्षले २ हजार २३ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका चुङबा शेर्पाले १ हजार ६ सय ९ मत र उपाध्यक्षमा कांग्रेसका निर्मला थापा मगरले १ हजार ६ सय ८२ मत प्राप्त गर्नुभयो । ५ व...

सम्बन्धित सामग्री

कैलाली १ मा एमालेका उम्मेदवार सहित नौ जनाको जमानत जफत

जमानत जफत हुने मध्ये नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावल समेत रहेका छन्। उनले कुल सदर मतको १० प्रतिशत मत पुर्याउन सकेनन्। उनले ५ हजार ९१० मत मात्रै प्राप्त गरेका छन्। जुन कुल सदर मतको १० प्रतिशत पुग्दैन।...

सोलुखुम्बुबाट नेकपा एमालेका मानवीर राई विजयी

सोलुखुम्बु । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् । उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाए । तीन पटक मन्त्री भइसकेका केसीले गठबन्धनको बलमा चुनाव जित्ने धेरैको अनुमानविपरीत एमाले […]

सुर्खेत क्षेत्र २ : एमालेका उम्मेदवार अमृतको अंग्रता

सुर्खेत : सुर्खेतको प्रतिनिधिसभा क्षेत्र-२ मा प्रत्यक्षतर्फको मतगणना यतिखेर जारी छ।१ हजार १८२ मतको गणना गर्दा नेकपा एमालेका उम्मेदवार अमृतबहादुर बुढा क्षेत्रीले ६५० मत प्राप्त गरेका छन्।नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानीले ५१८ मत ल्याएर दोस्रो स्थानमा छन्। हालसम्म १४ मतपत्र बदर भएका छन्।

बुढिगंगामा गठबन्धनका उम्मेदवारलाई हराउदै एमालेका उम्मेदवार विजयी

बाजुरा । बुढिगंगा नगरपालिका ९ मा गठबन्धनका उम्मेदवारलाई हराउदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह विजयी भएका छन् । नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका छन् । विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् । सोही वडा बाट […] The post बुढिगंगामा गठबन्धनका उम्मेदवारलाई हराउदै एमालेका उम्मेदवार विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

अर्घाखाँची जिससको सबै पदमा एमालेका उम्मेदवार निर्विरोध

जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् । मतदातामध्ये दुई तिहाइ एमालेको भएपछि गठबन्धनबाट उम्मेदवारी दर्तासमेत भएन ।  यससँगै अब जिल्ला समन्वय समितिको प्रमुख एमाले नेता जीवनारायण कोइराला भएका छन् । पाणिनी–५ मैदान निवासी कोइराला एमाले प्रदेश कमिटी सदस्यसमेत हुन् । उपप्रमुख भने नेत्री लक्ष्मी शर्मा ज्ञवाली भएकी छिन् ।

हेटौंडाको कार्यपालिकामा एमालेका उम्मेदवार निर्वाचित

हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका सदस्य निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका छन् ।महिला अल्पसंख्यक तथा दलितमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । महिलातर्फ पातलीमाया गोङ्बा, ईश्वरी विश्वकर्मा, रुक्मिणी स्याङ्तान, मञ्जु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका हुँदा दलित तथा अल्पसंख्यकतर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई र अर्जुनबहादुर राई निर्वाचित भएका हुन् । ९७ जना मतदातामध्ये एमालेका उम्मेदवारले ५० मत पाएका थिए भने गठबन्धनका

तुल्सीपुरमा एमालेका उम्मेदवार ११३१ मतान्तरले अगाडि

दाङको तुल्सीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार ११३१ मतले अगाडि रहेका छन् । तुल्सीपुर उपमहानगरपालिकाको ३९८९५ मतगणना गर्दा एमालेका उम्मेदवार टिकाराम खड्काले १६७९६ प्राप्त गरेका हुन् ।यस्तै काँग्रेसका गेहेन्द्र गिरी १५ हजार ६३५ मतका साथ पछिपछि रहेका छन् । उपमेयरमा एमालेकी स्यानी चौधरीले १६ हजार ७९ मत पाउँदा एकीकृत समाजवादीका जोगबहादुर राणाले ११ हजार ५३५ मत पाएका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ४ हजार ५४४ रहेको छ।

गोलाप्रथाबाट माईजोगमाई–१ वडाध्यक्षमा नेकपा एमालेका यामकुमार विजयी

इलाम : गोलाप्रथाबाट माईजोगमाई गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका याम कुमार कार्की विजयी भएका छन्। वैशाख ३१ गते सम्पन्न मतगणनामा नेकपा एमालेका कार्की र नेपाली कांग्रेसका टेकबहादुर शाहले १०८४ मत ल्याएपछि वडाध्यक्ष निर्क्यौल हुन सकेको थिएन। आज गरिएको गोलाप्रथाबाट नेकपा एमालेका उम्मेदवार कार्की दोश्रो पटक वडाध्यक्ष निर्वाचित भएका हुन्। १ नम्बर वडाको जनप्रतिनिधि निक्यौल नभएसम्म वडा ६ को मतगणना कार्य रोक्न गठबन्धनका दलहरुले निर्वाचन कार्यालयलाई लिखित आग्रह गरेपछि आज वडाध्यक्षको निर्ण