बिर्तामोड नगरपालिकाको मेयर तथा उपमेयरमा एमालेका उम्मेदवार निर्वाचित, पवित्रा बनिन् नयाँ मेयर

झापा- झापाको बिर्तामोड नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। नगरपालिकाको प्रमुखमा पवित्रा महतारा प्रसाई निर्वाचित भएकी छन्। नेपाली काङ्ग्रेसका उमेदवार भोजराज सिटौलालाई ३ हजार ७५८ मतान्तरले हराउँदै प्रसाई नगर प्रमुखमा निर्वाचित भएकी हुन्। उपप्रमुखमा एमालेका उम्मेदवार नगेन्द्र संग्रौला निर्वाचित भएका छन्। उनले गठबन्धनका उम्मेदवार सिपी कडरियालाई ७ हजार १३५ मतले हराएका […]

सम्बन्धित सामग्री

बर्दिबासको मेयर र उपमेयरमै स्वतन्त्र उम्मेदवार विजयी

जनकपुरधाम – महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार मेयर र उपमेयरमा निर्वाचित भएका छन्। मेयरमा स्वतन्त्र उम्मेदवार प्रह्लाद कुमार क्षेत्री निर्वाचित भएका हुन्। उनले १४ हजार २१० मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका राजु खड्काले ८ हजार ३२३ मत ल्याए। क्षेत्री जेब्रा छापबाट चुनाव लडेका थिए। यस्तै उपमेयरमा स्वतन्त्र उम्मेदवार तारादेवी निर्वाचित भएकी छन्। […]

वीरगन्जमा मेयर र उपमेयरमा गठबन्धन उम्मेदवार अगाडि

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा पाँच दलीय गठबन्धनबाट मेयर उमेदवार जनता समाजवादी पार्टी, नेपालका राजेशमान सिंह र उप मेयर उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलम उल्लेखनीय मतले अगाडि छ।...

काँग्रेसबाट धनगढीका मेयर उम्मेदवार वडले गरे मतदान

काँग्रेसबाट धनगढी उपमहानगरपालिकाका मेयर उम्मेदवार नृपबहादुर वडले मतदान गरेका छन् । उनी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् । उनले शुक्रबार बिहान  बासुदेवी माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मेयर उम्मेदवार सन्तोष मेहतामाथि आक्रमण

रौतहटको ईशनाथ नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार सन्तोष मेहतामाथि आक्रमण भएको छ।...

दमकका मेयर उम्मेदवार थापा अस्पताल भर्ना

६ दलको  गठबन्धनको तर्फबाट  झापाको दमक नगरपालीकामा मेयर पदको उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा अस्वस्थ भएपछि  अस्पताल भर्ना भएका छन्।

महामन्त्री प्रह्लाद साहलाई विराटनगरको मेयर उम्मेदवार बनाउने राप्रपाको निर्णय

राप्रपाले विराटनगर महानगरपालिकाको मेयर पदमा महामन्त्री प्रह्लाद साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शाहलाई पार्टीले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको बताए । साह विराटनगरका पूर्व मेयर समेत हुन् । यसैगरी उपमेयरमा बबिता आचार्यको उम्मेदवारी टुंगो लागेको श्रेष्ठले जानकारी दिए ।

उपमहानगरमा यी हुन् एमालेका मेयर उपमेयरका उम्मेदवार

नेकपा एमालेले उपमहानगरका मेयर उपमेयर टुंगो लगाएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले जनकपुर र जीतपुर सिमरामा दुवै पद बाँकी राखेर उम्मेदवार टुंगो लगाएको हो । एमालेले उम्मेदवार टुंगो लगाएका उपमहानगरतर्फ तुलसीपुरमा टीकाराम खड्का र स्यानी चौधरी, घोराहीमा नरुलाल चौधरी र मनकुमारी केसी, बुटबलमा बाबुराम भट्टराई र सावित्रादेवी अर्याल रहेका छन् ।त्यसैगरी हेटौंडामा अनन्त पौडेल र सुमित्रा काफ्ले धरानमा मन्जु भण्डारी र पदम लिम्बु, इटहरीमा यमकुमार सुव्वा र संगिता चौधरी रहेका छन् । जीतपुर सिमरा र जनकपुर उपम

विवेकशील साझाबाट कामनपाको मेयर/उपमेयरमा महिला उम्मेदवार

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिला उम्मेदवार उठाएको छ।...

हेटौँडामा मेयर र उपमेयरका उम्मेदवार छान्न एमाले उपमहानगर कमिटीको बैठक बस्दै

हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार छान्न नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटीको बैठक आज बस्ने भएको छ । हेटौँडा उपमहानगरपालिका–८, कमानेमा एमालेको उपमहानगर कमिटी बैठक बस्ने तय भएको हो ।बैठकले आसन्न निर्वाचनका लागि एमालेबाट हेटौँडा उपमहानगरको मेयर र उपमेयर पदका उम्मेदवार टुङ्ग्याउने जनाइएको छ । हेटौँडाको मेयर र उपमेयर पदका उम्मेदवार सर्वसम्मतिबाट टुङ्ग्याउने तयारी भएको एमालेको उपमहानगर कमिटीका एक नेताले जानकारी दिए । सहमति जुट्न नसकेको खण्डमा भने मतदानको प्रक्रियाबाट उम

विराटनगरका मेयर र उपमेयर कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विराटनगर महानगरपालिकाका मेयर र उपमेयर केन्द्रीय सदस्यमा उम्मेदवार हुने भएका छन् । मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । मेयर पराजुलीले संस्थापन पक्षबाट उम्मेदवारी दिने बताएका छन् भने उपमेयर कार्कीले संस्थापनइतर समूहबाट उम्मेदवारी दिने भएकी छन् । मेयर पराजुली केही दिनअघि मात्रै संस्थापन पक्षमा गएका थिए । मोरङ जिल्ला अधिवेशनदेखि उनी संस्थापन समूहमा लागेका हुन् । खसआर्य कोटाबाट उम्मेदवारी दिने उपमेयर कार्कीले बताएकी छन् । मेयर र उप...