गठबन्धन अहिले नेपाली राजनीतिको यथार्थ बनेको छ । गठबन्धन भन्ने बित्तिकै कतिपयले त्यसलाई बाध्यता र कतिपयले त्यसलाई आवश्यकताका रुपमा हेर्छन् । राजनीतिक दलहरु कुनै खास उद्देश्य प्राप्तिका लागि केही आधारहरू तय गरी सहयात्रा गर्न सहमत हुन्छन् । त्यसलाई सामान्यतः गठबन्धनको राजनीतिका रुपमा हेरिन्छ ।नेपाली राजनीतिमा गठबन्धनको प्रयोग नवीन होइन । २०४६ सालको जनआन्दोलन नेपाली काँग्रेस र तत्कालीन वामपन्थी शक्ति एकजुट भएर नगरेको भए त्यो किमार्थ सफल हुँदैनथ्यो । पंचायतकालभरी नेपाली काँग्रेसभित्र लामो समयसम्म गन्