कोभिड सम्बन्धी समस्याका कारण भारतीय कंग्रेस पार्टी अध्यक्षा सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन् । उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको पार्टीले जनाएको छ ।
काठमाडौं। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बयानका लागि भदौ १५ गते बोलाउने भएको छ। कोरोना संक्रमित काँग्रेस नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना गरियो। केपी ओली र अमेरिकासहित चार देशका राजदूतबिच भेटवार्ता भयो। संघले प्रदेशको अधिकारमा हस्तक्षेप गरेको प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले आरोप लगाएका छन्। सामाजिक सुरक्षा कोषबाट ८० जना योगदानकर्ताले सापटी लिए।
२० साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा अस्पताल नै भर्ना हुनु पर्ने गरी कोरोना भाइरसको संक्रमण फैलिएको छ । कोरोना संक्रमण भएर स्वास्थ्यमा जटिल समस्या सिर्जना भएपछि प्रादेशिक अस्पताल भर्ना हुनेको संख्या दैनिकजसो बढ्न थालेको सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार शुक्रबारसम्म कोभिड अस्थायी अस्पतालमा १४ जना संक्रमितलाई भर्ना गरिएको छ । एक जनालाई […]
३ माघ, काठमाडौं । अमेरिकामा अस्पताल भर्ना हुने कोभिड संक्रमित बालबालिकाको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को पछिल्लो तथ्याङ्क अनुसार अस्पताल भर्ना हुने कोरोना भाइरस संक्रमित बालबालिकाको संख्या हालसम्मकै उच्च पुगेको हो । हरेक दिन अस्पताल भर्ना हुने १७ वर्ष मुनिका कोभिड संक्रमित बालबालिकाको औसत […]
काठमाडौं, १३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा उनमा संक्रमण भेटिएको बुझिएको छ । कोरोना संक्रमित जबरा अस्पताल भर्ना भएका छन् । उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना गरिएको छ ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । अचानक मुटुमा समस्या देखिएपछि कलाकार श्रेष्ठलाई गंगालाल अस्पताल भर्ना गरिएको हो । शुक्रबार राती अस्पताल भर्ना गरिएका उनको शनिबार मुटुको एन्जिओप्लास्टी गरि दुईवटा स्ट्याण्ड राखिएको जनाइएको छ ।अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । उनी २ पटक कोरोना संक्रमित भई भर्खरै अस्पतालबाट डिस्चार्ज भएका थिए ।
काठमाडौं। गत शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका कलाकार मदनकृष्ण श्रेष्ठ अक्सिजन लेभल कम भएपछि पुनः अस्पताल भर्ना भएका छन्। बैशाख ६ गते उनीसहित परिवारका पाँच जना सदस्य कोरोना संक्रमित भएका थिए। होम आइसोलेनसमा बसिरहेका बेला उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। अहिले फेरी अक्सिजन लेभल कम भएर कमजोरीपना देखिएपछि मेडिसिटी अस्पताल भर्ना गरिएको कलाकार हरिवंश आचार्यले बताए।
काठमाडौं : कोरोना संक्रमित बागमती प्रदेश सभा सांसद् पशुपति चौलागाईं अस्पताल भर्ना भएका छन्।कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा बसेका एमाले नेता तथा प्रदेश सभा सांसद चौलागाईंलाई मनमोहन अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाको छ। स्वास्थ्यमा समस्या देखिएपछि सोमबार पीसिआर टेस्ट गरेका सांसद चौलागाईंलाई मंगलबार कोरोना पुष्टि भएको थियो। अहिले उनको अवस्था सामान्य रहेको छ। नेता चौलागाईं दाेलखा 'ख' बाट प्रदेशसभा सांसद बनेका थिए।
काठमाडौं। नेकपा एमाले नेता झलनाथ कोरोना संक्रमित भएका छन्। कोरोना संक्रमित भएसँगै उनलाई सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पताल भर्ना गरिएको छ। यसअघि नेता मोदनाथ प्रश्रितलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनको समेत मनमोहनमै उपचार भइरहेको छ।
काठमाडौं, ११ बैशाख । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन् । भारतको कुम्भमेलाबाट फर्किएका शाह दम्पत्तिमा कोरोना संक्रमण भएको थियो । उनीहरु यसअघि घरमै आईसोलेशनमा बसेका थिए । उनीहरु हाल काठमाडौंको थापाथलीस्थित् नर्भिक अस्पतालमा भर्ना भएको स्रोतले जनाएको छ । शाह सम्पत्तिको स्वास्थ्य अवस्था भने सामान्य […]