काठमाण्डाै – अफ्रिकी देशहरुमा मलेरिया विरुद्धको खोपले स्विकृति पाएको छ । धेरै वर्षको प्रयासपछि तयार पारिएको यो खोपको स्वीकृतिसँगै अफ्रिकी देशका बालबालिकाले घातक रोग मलेरियाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।
खोपले स्वीकृति पाउनुलाई घातक मलेरियाविरुद्धको अभियानका लागि ऐतिहासिक सफलता मानिएको छ । मलेरियाका कारण विशेष गरी बालबालिका तथा शिशुहरुको ज्यान जाने गरेको छ । धेरै वर्षको प्रयासपछि मलेरियाविरुद्धको खोप तयार भएको हो । यो औषधि विज्ञानमा विश्वकै ठूलो उपलब्धिमध्येमा पर्छ । आरटीएस, एस नाम गरेको ...