आणविक फ्युजनमार्फत् ऊर्जा उत्पादन गर्ने प्रयासमा अमेरिकी वैज्ञानिकहरूले ऐतिहासिक सफलता प्राप्त गरेका छन् । आणविक योग अर्थात् फ्युजनमार्फत ऊर्जा उत्पादनमा ठूलो सफलता प्राप्त भएको वैज्ञानिकको दाबी छ ।
यो प्रयोग क्यालिफोर्नियाको लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालामा नेश्नल इग्निशन फेसिलिटीमा गरिएको थियो । प्रयोगबाट वैज्ञानिकहरूले बहुप्रतिक्षित परमाणु फ्युजनमा सफलता हासिल गरेका अमेरिकी ऊर्जा विभागले जनाएको छ ।
प्रयोगको नतिजा जीवाश्म इन्धनमा निर्भरता अन्त्य गर्न मद्दत गर्न सक्ने स्वच्छ ऊर्जाको स्रोतका लागि ठूलो कदम मानिएको बीबीसी...