भारतले कोरोनाविरुद्ध १ अर्ब खोप लगाएर पायो ऐतिहासिक सफलता

भारतले कोरोनाभाइरसविरुद्ध १ अर्ब खोप लगाएर ऐतिहासिक सफलता प्राप्त गरेको छ ।  अहिले भारतमा १८ वर्षभन्दा माथिका ७४.९ प्रतिशत मानिसले कम्तीमा एउटा डोज लगाइसकेका छन् भने ३०.९ प्रतिशतले दुवै डोज लगाएका छन् ।  देशमा कोभिड–१९ खोपको आँकडा एक अर्ब पुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । उनले ट्वीटमा लेखे, ‘यो उपलब्धि हासिल गर्नका लागि काम गर्ने हाम्रा चिकित्सक, नर्स र अन्य सबैलाई धन्यवाद छ ।’ भारतमा गत जनवरी १६ बाट खोप अभियान शुरू गरिएको थियो । त्यतिखेर स्वास्थ्यकर्मी र फ्रन्टलाइनका ...