नेपाललाई ऐतिहासिक सफलता दिलाएका अल्मुताईरिले किन गरे नेपाल छाड्ने घोषणा ?

दक्षिण एशियाकै सबै भन्दा ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियसिपमा नेपाललाई अहिलेसम्मकै ऐतिहासिक सफलता दिलाएका नेपालका प्रशिक्षक अब्लुल्लाह अल्मुताइरीले पद त्यागसंगै नेपाल नफर्किने घोषणा गरेका छन्। नेपाललाई ऐतिहासिक सफलता दिलाए लगत्तैको प्रेसमिटमा अब्लुल्लाह अल्मुताइरीको यो घोषणाले नेपालका फुटबल प्रेमीलाई अचम्मित बनाएको छ। साफ च्याम्पियमशिप सुरु भएयताकै नेपालको ठुलो उपलब्धि हासिल गरे लगत्तै अब्लुल्लाह अल्मुताइरीले गरेको यो घोषणालाई धेरै अर्थपूर्ण मानिएको छ। अब्लुल्लाह अल्मुताइरीलेले भनेका छन्, 'अन्तिम तीन दिनमा मैले धेरै नराम्रो अनुभव गरेँ । ममाथि धेरै अरोप लाग्यो । हिजो हाम्रो ३ बजे ट्रेनिङ थियो । त्यसकारण सहायक प्रशिक्षक र अर्को एकजना खेलाडी प्री म्याच प्रेस कन्फ्रेन्समा आएका हुन् । एउटा मिडियाले त्यसैलाई समाचार बनायो र मजाक उडायो,’’ नेपालका प्रशिक्षक अल्मुताइरीले भने, ‘‘आफ्नो प्रशिक्षकलाई त सम्मान गर्नुपर्छ । हामी प्रशिक्षक हौँ । नोकर होइन । हामी परिवार हौँ । हामी मानव हौँ ।' उनले अगाडी भने, 'हाम्रो बच्चाहरू छन् । मैले त्यो मिडियालाई सोधेँ । म्याच फिक्सिङको अरोप लगाएर खुसी भयौ ? गर्व महशुस भयो ? म नोकर होइन । प्रशिक्षक हुँ । फुटबल विकासका लागि नेपाल आएको हुँ । मैले नेपालमा भएको पत्रकार सम्मेलन भनेको थिए । म इतिहास रच्न चाहन्छु । त्यो आज पूरा भएको छ । अब हामी शनिबार फाइनल खेल्नेछौँ । यो मेरो अन्तिम खेल हुनेछ । त्यो खेलपछि म कहिल्यै नेपाल फर्किने छैन ।'उनको यो घोषणाले नेपालको फुटबल उद्योगमा धेरै ठुला समस्याहरु भएको कुरालाई उजागर गरेको छ भने नेपालको फुटबललाई हेर्ने अन्तराष्ट्रिय दृष्टिकोणमा समेत ठुलो धक्का लागेको छ। बंगालदेशसँगको १-१ को बराबरी खेलेर नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। साफ च्याम्पियनसिपमा यो नै नेपालको लागि अहिलेसम्मकै सबैभन्दा ठुलो उपलब्धि हो। आजको खेलमा नेपाल बिरुद्द ९ मिनेटमै लिएको अग्रता जोगाउन बंगलादेशले पूरै रक्षात्मक भएर खेल्यो। झण्डै सफल पनि भएको थियो । तर, अन्तमा भाग्यले नेपाललाई साथ दियो ।खेलको ८८ औं मिनेटमा नेपालले पेनाल्टी पाएपछि खेलको नतिजा मोडियो अञ्जन विष्टले मौका खेर फालेनन् । खेल बराबरीमा टुंगियो। र नेपाल ऐतिहासिक सफलता हासिल गर्दै फाइनलमा पुगेको हो।   बंगलादेशी खेलाडी रोएको दृष्यले नेपाली दर्शकलाई सन् १९९९ को साग फुटबलको फाइनलको याद ताजा गराएको छ । घरेलु मैदानमा भएको उक्त फाइनलमा नेपाल बंगलादेशसँग १-० ले हारेको थियो । खेलमा पूर्णनियन्त्रण कायम गरे पनि गोल गर्न चुक्दा नेपाल उपाधिबाट वञ्चित भएको थियो । नेपाली खेलाडीहरू यसरी नै मैदानमा रोएका थिए। बंगलादेशसँगको उक्त हारको बदला नेपालले आज लिएको छ ।