बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बुधबारसम्म ३ सयभन्दा बढीमाथि पक्राउ पुर्जी लिएको छ । जग्गा घोटाला प्रकरणमा सरकारी कागजात किर्ते प्रकरणमा मुछिएका ३ सय जनाभन्दा बढीमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । बालुवाटारस्थित ललिता निवास रहेको सरकारी जग्गा जफत फिर्ताको नाममा व्यक्तिको नाममा नामसारी गरेर १३७ रोपनीभन्दा बढी जग्गा गायब पारिएको सम्बन्धमा यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा