काठमाडौं- सर्वोच्च अदालतले एक महिनाअघि अनिवार्य अवकाश पाएका सशस्त्र प्रहरी बल- एपीएफका नायव महानिरीक्षक (डीआइजी) प्रविण श्रेष्ठलाई सेवामै राख्न अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिंन्हाको इजलाशले श्रेष्ठलाई सेवामै राख्न भनेर अन्तरिम आदेश जारी गरेको हो। तत्कालिन ओली सरकारले श्रेष्ठको पदावधी एक वर्ष थप्न नमानेपछि उनले एक महिनाअघि अनिवार्य अवकाश पाएका थिए। […]