कर्णाली प्रदेश सभाका चार जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्चको अन्तरिम आदेश बदरको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनरावेदन निवेदन (भ्याकेट) दर्ता गरेका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले दिएको अन्तरिम आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा भ्याकेट निवेदन दिएको ओलीका कानुन विज्ञ बाबुराम दाहालले जानकारी दिए ।उनका अनुसार उक्त निवेदनको पेशी मंगलबार तोकिएको छ । निवेदनमा नेकपा एमालेको केन्द्रीय कमिटी नै