काठमाडौं, चैत ९। सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन आयोगले आउँदो ३० वैशाखमा स्थानीय तहमा उम्मेदवार हुनका लागि हाल बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता राखेपछि सोविरुद्ध सर्वोच्चमा रिट परेको थियो । निर्वाचन आचारसंहिताविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बमकुमार […]