काभ्रेका पाँचखाल र पनौती नगरपालिकासँग नबिलको साझेदारी

नबिल बैंकले काभ्रेपलाञ्चोकका पाँचखाल र पनौती नगरपालिकासँग साझेदारी गर्ने सम्झौता गरेको छ । पनौती नगरपालिकासँगको सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाका मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा...

सम्बन्धित सामग्री

सवारी दुर्घटनामा एकको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत जिल्लाको पाँचखाल नगरपालिका( ६ हनुमानगढीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । बिहीबार बिहान धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा८७प ६४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जिल्लाको पनौती नगरपालिका( १२ बस्ने अन्दाजी ३४ वर्षका रूपक खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

१४ औं राष्ट्रपति रनिङ शिल्ड पाँचखाललाई

काभ्रे। १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ समापन भएको छ । पनौती क्षेत्रीय रंगशालामा आयोजित कार्यक्रममा १३ वटा पालिकाबाट सहभागी खेलाडी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । १४ औ पटकको रनिङ शिल्ड पाँचखाल नगरपालिकाले प्राप्त गरेको छ । जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकको आयोजनामा भएको प्रतियोगितामा विजयी खेलाडीहरुलाई पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, प्रमुख […]

बजेट अभावमा यो वर्ष पनि रोकियो दुर्लभ सालकको अनुसन्धान

कात्तिक २२, काभ्रेपलाञ्चोक । बजेट अभावमा विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जंगली जनावर सालकको अनुसन्धान रोकिएको छ । वाग्मती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा विनियोजित रकम दुई वर्षदेखि रोकिएका कारण काभ्रेपलाञ्चोकमा सालकको बासस्थान अनुसन्धान तथा संरक्षण अभियान यो वर्ष पनि रोकिएको हो ।  संरक्षण अभियानन्तर्गत डिभिजन वन कार्यालय धुलिखेलले दुई वर्षअघि सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सम्भावित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । प्रदेश सरकारले २०७५/०७६ मा रू. दुई लाख तथा अघिल्लो आर्थिक वर्षमा रू. पाँच लाख पठाएको कार्यालय प्रमुख देवीचन्द्र पोखरेलले बताए । उनले भने, ‘प्रदेश सरकारबाट दुई वर्षदेखि बजेट नआउँदा सालकको थप अनुसन्धान तथा संरक्षणसम्बन्धी चेतनामूलक अभियान रोकिएको छ’, पोखरेलले भने ।  पोखरेलका अनुसार कृषि उत्पादनमासमेत निकै गुणकारी नेपालमा रहेको स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालकको अनुसन्धान/संरक्षण अत्यावश्यक देखिन्छ । अभियानकै क्रममा सालकको उपयुक्त बासस्थान भएको स्थानीय क्षेत्रमा सालक ‘गुणी’ जनावर भएको जानकारी पाएपछि यसको संरक्षणमा पनि निकै उत्साहित पनि देखिएका थिए । जिल्लाको कुन कुन क्षेत्रमा सालक पाइन्छ भन्नेबारे कार्यालयले स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जाने योजनासमेत बनाएको पोखरेलले बताए ।  ‘हामीले सालकबारे पाँचवर्षे योजना बनाउने प्रक्रियामा थियौँ, बजेट रोकिँदा यसप्रति थप अनुसन्धान र गतिविधि गर्न सकिएन’, उनले भने । आउने वर्षका लागि योजना बनाएर मन्त्रालयमा पेश गर्नेबारे छलफल भएको उनले बताए ।  गत असारमा पनौती नगरपालिका–८ पाल्पाली गाउँमा विश्वमा दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालक भेटिएको थियो । राति ९ बजे स्थानीय एक घरको आँगनमा भेटिएको उक्त सालक प्रहरी र वन कार्यालयका कर्मचारीद्वारा मल्पीस्थित सामुदायिक वनमा छाडिएको थियो ।  पनौतीमा भेटिएको उक्त वयस्क ‘चाइनिज पेङ्गोलिन’ रहेको पोखरेलले जानकारी दिए । उनका अनुसार नेपालमा भेटिने गरेका अधिकांश ‘चाइनिज पेङ्गोलिन’नै रहेका छन् । सालकको उपयुक्त बासस्थान मानिएको काभ्रेपलाञ्चोकको महाभारत पर्वत शृंखलासँग जोडिएको क्षेत्र बल्थली र पाँचखाल नगरमा दुई वर्षअघि पहिलो चरणको चेतनामूलक कार्यक्रम भएको थियो ।  जिल्लाको अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित बासस्थान भएकाले सालकको मासु तथा छाला (खपटा) तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यक देखिएको छ । ‘यो मानिसका लागि उपयुक्त जनावर हो, यसले बालीका कमिला र धमिरा खान्छ, पर्यावरणलाई जोगाउन मद्दत पुर्‍याउँछ, मानिसलाई भने आक्रमण गर्दैन’, पोखरेलले थपे । उनका अनुसार सालकमा १५ सेन्टिमिटर टाढाका किरा श्वासले तानेर खानसक्ने क्षमता हुन्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्दछ ।  बल्थलीस्थित समुदायमा आधारित चोरी, सिकारी नियन्त्रण एकाइका अध्यक्ष विष्णुप्रसाद हुमागाईले स्थानीय आठ ओटा सामुदायिक वनमा अध्ययन गर्दा जमिनमा ५४२ ओटा प्वाल भेटिएकामध्ये पुरानो ३२३ र नयाँ २१९ प्वाल रहेको जानकारी दिए ।  उनले भने, ‘नयाँ प्वालको संख्या कमी देखिँदा सालक लोप हुने अवस्थामा जाँदैछ भन्ने बुझिन्छ, हामीले सालक तस्करीविरुद्ध विशेष निगरानी गर्दै आएका छौँ ।’ उनका अनुसार एकाइले गत वर्ष स्थानीय २५० स्कुले विद्यार्थीलाई यससम्बन्धी जनचेतना कार्यक्रम गराएको थियो भने एकाइकै पहलमा काठमाडौं विश्वविद्यालयका विद्यार्थीले पनि उक्त क्षेत्रमा सालकको अनुसन्धान गरेका थिए ।  अध्ययन प्रतिवेदनअनुसार एउटा वयस्क सालकले एक वर्षमा सात करोड कमिला तथा धमिरा खाने गर्दछ । प्वाल बनाएर जमिनमुनि बस्ने लजालु स्वाभावको जनावर सालक विशेष गरी रातको समयमा मात्रै बाहिर निस्कने गर्दछ ।  दुर्लभ सालक जिल्लामा कति छ भन्ने कुनै स्पष्ट तथ्यांक नभए पनि कालो सालकको खोपासी, उग्रतारा जनागाल, महादेवस्थान, नारायणस्थान, डराउनेपोखरी, पाँचखाल, ज्याम्दी, ढुङ्खर्क तथा पाँचखाल क्षेत्रका सामुदायिक वनमा सुरक्षित बासस्थान रहेको उसको बासस्थानबाट देखिएको अनुसन्धानबाट खुलेको छ ।  पाँच वर्षअघि वन विभागको स्वीकृतिमा नेपाल ग्रामीण विकास तथा वातावरण संरक्षण परिषद् भक्तपुरले काभ्रेपलाञ्चोकका सामुदायिक वनमा सालकको अनुसन्धान गरेको थियो । संरक्षित जनावरमध्येको नेपालमा पाइने कालो सालकको वनमा रहेको प्राकृतिक बासस्थान सुरक्षित नभए केही वर्षमा लोप हुनसक्ने अवस्था देखिएको अनुसन्धानकर्ता प्रतिभा कसपाल बताउँछन् । उनी भन्छन्, ‘नेपालमा दुर्लभ कालो सालक अति संकटापन्न अवस्थाको सूचीमा छ ।’ विश्वभर एशिया र अफ्रिकामा ८ प्रजातिका सालक पाइन्छन्, त्यसमध्ये चार प्रजातिका सालक एसियामा मात्रै पाइन्छ । एसियामा पाइने चार प्रजातिका सालकमध्ये नेपालमा तामे र कालो सालक पाइने पोखरेलले जानकारी दिए । उनका अनुसार यसको प्राकृतिक प्रजनन् पनि अत्यन्त कम भएकाले विश्वमै दुर्लभ मानिएको सालकको संरक्षणले जैविक विविधतामा ठूलो सहयोग गरिरहेको छ । रासस

काभ्रेका १० पालिकामा कहाँ कसले गर्दै छन् एमालेको नेत्तृत्व ?

काभ्रेपलाञ्चोक– काभेमा नकेपा एमालेको पालिका अधिवेशनले १० वटा स्थानीय तहमा एमाले हाक्ने नेतृत्व पाएको छ । एमालेको पालिका अधिवेशनबाट धुलिखेल नगरपालिकामा दयाराम महत, पनौती नगरपालिका अध्यक्षमा सुरेशप्रसाद हुमागाईं, पाँचखाल नगरपालिकामा विष्णुहरि पौडेल, मण्डनदेउपुर नगरपालिकामा शेरबहादुर डोटेल, बनेपा नगरपालिकामा रत्नकुश रञ्जित, नमोबुद्ध नगरपालिकामा कृष्ण खनाल, चौरीदेउराली गाउँपालिकामा जीतराम लामा, महाभारत गाउँपालिकामा जगत मोक्तान, भुम्लु गाउँपालिकामा कृष्णमान […]

आजदेखि सेवाग्राहीलाई आलोपालो सेवा

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आजदेखि सेवाग्राहीलाई आलोपालो प्रणालीमा सेवा प्रदान गरेको छ । कोरोना भाइरस(कोभिड–१९) को प्रभावको कारण यसअघि निषेधाज्ञा जारी भएपछि सर्वसाधारणको लागि सेवा प्रवाह बन्द गरिएकोमा सङ्क्रमण दरमा कमी आएसँगै आजदेखि सेवाग्राहीको भीडभाड नहुने गरी अर्को व्यवस्था नभएसम्मको लागि बारअनुसार सेवा प्रदान गरेको हो ।          जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सोमबार सूचना जारी गर्दै सेवाग्राहीको चाप कम गर्ने गरी बारअनुसार सेवा दिन थालेको हो । जसअनुसार जिल्लाको १३ वटा स्थानीय तहमध्ये धुलिखेल नगरपालिका र तेमाल गाउँपालिकाका सेवाग्राहीलाई आइतबार, बनेपा नगरपालिका र महाभारत गाउँपालिकाका सेवाग्राहीलाई सोमबार, पाँचखाल नगरपालिका र चौरीदेउराली गाउँपालिकाका सेवाग्राहीलाई मङ्गलबार, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका सेवाग्राहीलाई बुधबार, पनौती नगरपालिका, बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाका सेवाग्राहीलाई बिहीबार र नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाका सेवाग्राहीलाई शुक्रबार सेवा दिने गरी व्यवस्था मिलाएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताउनुभयो ।

भूमिगत पानीबाट सिँचाइ सुविधा पु-याइँदै

सिँचाइ सुविधा नपुगेको स्थानमा सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादन वृद्धि गर्न काभ्रेको पाँच स्थानमा भूमिगत सिँचाइ सुविधा व्यवस्था गरिनेभएको छ । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय काभ्रेले भूमिगत पानीको अनुसन्धान गरी डिप बोरिङमार्फत भूमिगत पानी निकाली पाँच स्थानमा एक हजार रोपनी जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने गरी काम अगाडि बढाएको छ । डिभिजन कार्यालय काभ्रेका हाइड्रो जियोलोजिष्ट केदार श्रेष्ठले सङ्घको ससर्त अनुदान कार्यक्रमअन्तर्गत काभ्रेको पनौती नगरपालिका–१०, मकैटार र पाँचखाल नगरपालिका–६, दुलालथोक डिप ट्युबेल सिँचाइ आयोजनाका लागि बजेट विनियोजन भएको बताउनुभयो । यसैगरी बागमती प्रदेश सरकारबाट मण्डनदेउपुर नगरपालिका–९, रानीटारमा मण्डन डिप ट्युबेल सिँचाइ, मण्डनदेउपुर कै कुन्ताबेँसीमा कुन्ताबेँसी डिप ट्युबेल सिँचाइ आयोजना र वडा नं. ११ मा भाटपोल झगरेडाँडा डिप ट्युबेल सिँचाइ आयोजनाका लागि बजेट विनियोजन भई काम भइरहेको श्रेष्ठले बताउनुभयो । श्रेष्ठले पाँचखालको दुलालथोक डिप ट्युबेल सिँचाइ आयोजनाको काम सम्पन्न भएको र पनौती मकैटार सिँचाइ आयोजनाको बोलपत्र आह्वान भएको बताउनुभयो ।

रोटरी क्लब अफ् धुलिखेलको सहयोग

रोटरी क्लब अफ धुलिखेलद्घारा स्थानीय निकायहरु र अस्पतालहरुलाई कोरोना विरुद्घ लड्न विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । रोटरीले करिब १२० सेट पिपिइ सेट, ७० थान इन्फारे थर्मल गन, १५० एन ९५ मास्क, धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका र मण्डनदेउपुर नगरपालिकालाई उपलब्ध गराएको हो ।